भारतबाट अवैध रूपमा भित्र्याइँदै गरेको ५६ बोरा चिनीसहित २ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
thumb

बीरगंज// मंसिर- २१ 

बुटवल — रुपन्देही प्रहरीले झन्डै १२ लाख रुपैयाँ बराबरको अवैध चिनीसहित २ जना व्यक्ति पक्राउ परेका छन् ।  इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरी टोलीले बुधबार राति कारोबारमा संलग्न व्यक्तिसहित मायादेवी गाउँपालिका -५ पर्सहवाबाट ५६ बोरा चिनी र पिकअप भ्यान बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार चिनी ल्याउदै गरेका बुटवल उपमहानगरपालिकाका ३२ वर्षे ईश्वर भुसाल २० वर्षे अर्जुन कुँवरलाई नियन्त्रणमा लिइएको छ । उनीहरूले लु २ च २४ नम्बरको पिकअप गाडीमा भारतबाट लुकाइछिपाइ भन्सार छली नेपालतर्फ अवैध रूपमा चिनी ल्याउँदै थिए ।

प्रहरीले पक्राउ परेका व्यक्तिसहित गाडी र चिनी आवश्यक कारबाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा पठाइएको प्रहरी उपरीक्षक भरतबहादुर विकले जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >