गाजापट्टीको शरणार्थी शिविरमा इजरायलको आक्रमण, ७० जनाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gajapatti-2

बीरगंज – ९ पुस // मधेश एक्सप्रेस

एजेन्सी । गाजापट्टीको अल मगाजी शरणार्थी शिविरमा इजरायलले गरेको हवाइ हमलामा ७० जनाको मृत्यु भएको छ ।

हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार ठुलो संख्यामा शरण लिएर बसेको उक्त शरणार्थी शिविरमा भएको आक्रमणमा थुप्रै घाइते भएको र उनीहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइतेहरुलाई गाजाको अल अक्सा अस्पतालमा लगिएको दृश्यमा बालबालिकाको अनुहारमा रगत लतपतिएको देखिएको छ । आक्रमणले सो शिविर वरिपरीको ३ वटा घरमा पनि क्षति पुगेको छ ।

यसअघि इजरायलले अघिल्लो दिन गरेको आक्रमणबाट गाजापट्टीमा १६६ जना प्यालेस्टानी मारिएका छन् । हमासको स्वास्थ्य मन्त्रालयका अनुसार घटनामा आक्रमणबाट ३८४ जना घाइते भएका छन् ।

गत अक्टोबर ७ यता इजरायली आक्रमणमा परी १०३ जना पत्रकार समेत मारिनुका साथै दर्जनौं पत्रकार घाइते भएका छन् । मारिनेमा गाजापट्टीमा कार्यरत संयुक्त राष्ट्रसंघका कर्मचारीका परिवारका पनि ७० जनाभन्दा बढी रहेका छन् ।

युद्धविरामका लागि पश्चिमा राष्ट्रहरुले गरेको बारम्बारको आग्रहलाई बेवास्ता गर्दै आएको इजरायलले गाजामा स्थलगत र हवाइ आक्रमणलाई तीब्रता दिंदै आएको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >