रुपेश स्वर्णकार हत्या प्रकरण : सुटर समूहका मुख्य नाइके सुजित सिंह पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2023-12-26 at 22.59.25_c6c2a29c

वीरगञ्ज – १० पुस// मधेश एक्सप्रेस ।

बारा जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा झन्डै दुई महिना अगाडि बालएकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रूपेश स्वर्णकारको गोली हानी हत्या गरेको आरोप लागेका सुजित सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

स्वर्णकारको हत्या गर्ने समूहका मुख्य नाइकेका रूपमा रहेका सुजित सिंहलाई बारा प्रहरीले मङ्गलवार नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराको स्रोतका अनुसार सिंहलाई भारतीय सीमासँग जोडिएको छतवा मुसहर्वा नाकाबाट नियन्त्रणमा लिइएको छ । उनलाई पक्राउ गर्ने क्रममा गोली समेत प्रहार गरिएको  स्रोतले जनाएको छ । स्रोतका अनुसार सिंहलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको घुँडाभन्दा मुनि गोली हानेको छ ।

सिंहलाई मङ्गलवार साँझ नियन्त्रणमा लिइएको बारा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश प्रसाद काफ्लेले पनि पुष्टि गरे ।

सिंहको समूहले गत कार्तिक १३ गतेका दिन प्रधानाध्यापक स्वर्णकारको गोली बाल एकता स्कुल नजिकै रहेको मदरसामा गोली हानेर हत्या गरेको थियो । टाउको र घातीमा गोली लागेर गम्भीर रूपले घाइते भएका स्वर्णकारको वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा सोही दिन उपचारका क्रममा मृत्यु भएको थियो ।

पक्राउ परेका सिंहको यसअघि पनि बारा जिल्लामा भएका गोली काण्डहरूमा नाम आएको छ

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >