मानव बेचबिखनको आरोपमा तीन पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
pakraw-pokhara2024-01-07-08-28-40

बीरगंज – २२ पुस मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको आरोपमा प्रहरीले पोखराबाट तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले एक बालिका र दुई महिलाको उद्धारसमेत गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका– ९ पृथ्वीचोकका २९ वर्षीय प्रवीन गुरुङ, पोखरा– १७ बिरौटाका २६ वर्षीय ‍राजेश ठकुरी र पर्वतका ३ वर्षीय निर्मल मल्ल छन् ।

पोखरा– ८ जाल्पारोडस्थित काभ्रेली खाजाघरका सञ्चालकले बालिका तथा महिलाहरूलाई होटेलमा राम्रो काम लगाइदिन्छु भनी ल्याएर सुरुमा होटेलको सरसफाइको काम लगाइदिएका थिए ।

केही समयपछि बालिका तथा महिलालाई राम्रो कमाइ हुन्छ भनी विभिन्न लोभलालच, प्रलोभनमा पारी परपुरुषहरूसँग भेट गराई पोखराका विभिन्न होटेलमा लगी यौनशोषण गराउँदै आइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको कार्यालयका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए ।

प्रहरीले बिहीबार राति सोही खाजाघरबाट एक बालिका र दुई महिलालाई बाहिर लैजान लागेको अवस्थामा उद्धार गरी ल्याएको उनले बताए । पक्राउ परेका उनीहरूविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >