पूर्वडीआईजी महेशलाई तीन वर्ष कैद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
mahesh-bikram-shah-1703688925-768x512-1

बीरगंज – २७ पुस ।

विशेष अदालतले भष्ट्राचारको मुद्दामा नेपाल प्रहरीका पूर्व नायब महानिरीक्षक (डीआईजी) तथा चर्चित लेखक महेशविक्रम शाहलाई तीन वर्ष कैद सजाय भएको छ। विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । शाहलाई बिगो र बिगोबमोजिम जरिवाना पनि भएको छ । १६ लाख ६९ हजार ४२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।
विशेष अदालतले शाहसँगै भ्रष्टाचार मुद्दा लागेका पूर्व सई दीपेन्द्र प्रसाद पनेरुलाई पनि शाहलाई बराबर कैद, बिगो र जरिवानाको फैसला गरेको छ ।

आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव बिशुंखेलाई भने विशेष अदालतले सफाइ दिएको छ ।मदन पुरस्कार विजेतासमेत रहेका शाह मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा रासनमा ३३ लाख ३८ हजार रूपैयाँ अनियमितता गरेको आरोप लागेको थियो।उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।अख्तियारले २०७६ फागुन २० मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्र प्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

२०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको भर्ना खोलिएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाउँबाट तलब भत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लिएर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।२०४६ माघमा प्रहरी सेवामा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए । उनीहरूमाथि भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानको नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अभियोग लागेको थियो।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >