पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षा र हिमपात

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
a'waf/ /fltaf6 x'Dnfdf lxdkft k/]/ oxfFsf]  hghLjg c:tJo:t ePsf] 5 . lxdkft ;Fu} lr;f] a9b} uPsfn] :s'ndf kl/Iff lbg] ljBfyL{nfO{ ;d]t ;d:of ePsf] 5 .  t:jL/Mbfg] af]x/f, x'Dnf /f;;

बीरगंज – ३ माघ – पहाडी क्षेत्रका केही ठाउँमा हल्का पानी परेको छ । पश्चिमी वायुको प्रभावले हिजो केही ठाउँमा हल्का पानी परेको र आज पनि पहाडी भेगका केही ठाउँमा पानी पर्न सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

हिउँदमा ढिलै भए पनि फाट्टफुट्ट पानी परेपछि अब पानी पर्ने सम्भावना बढेको भन्दै किसान हर्षित भएका छन् । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातसमेत भएको छ । महाशाखाका अनुसार काठमाण्डौ उपत्यकाको भक्तपुर आसपास, दोलखा, सिन्धुपाल्चोक र ताप्लेजुङलगायत क्षेत्रमा छिटफुट पानी परेको छ ।

आज पनि केही ठाँउमा छिटफुट मात्र पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उहाँका अनुसार दोलखाको कालिञ्चोक, सोलुुको लुक्ला, ताप्लेजुङ लगायतका उच्च पहाडी भेगमा हिमपात भएको छ ।

कालिञ्चोक क्षेत्रमा यो वर्ष पहिलोपटक हिमपात भएको हो । कालिञ्चोकको कुरी, मन्दिर रहेको टापु, गणेश थुम्का, गैरीलगायत ठाउँमा हिमपात भएको छ । भोलिसम्म मौसम बदली हुने र केही ठाउँमा हल्का वर्षासँगै हिमपात हुने मौसमविदले बताएका छन् ।मौसमविदका अनुसार देशैभरको मौसम आंशिक बदली हुने र तराईमा हुस्सु र कुहिरो लाग्नाले चिसो अझै बढ्नेछ । यसपालिको हिउँद सकिन लाग्दा समेत हिमपात र हिउँदे वर्षा राम्रोसँग हुन सकेको छैन। गएका वर्षमा मङ्सिरमै हिमपात हुने गरेकोमा यसपालि माघको पहिलो हप्ता लागिसक्दा बल्ल केही ठाउँमा फाट्टफुट्ट वर्षा र हिमपात भएको हो ।समयमै हिउँदे वर्षा र हिमपात नहुँदा हिमाली तथा उच्च पहाडी क्षेत्रमा अन्नबालीमा असर पर्न थालेको छ भने हिमालहरू कलापत्थरमा परिणत हुँदै गएका छन् ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >