प्रादेशिक अस्पताल गौरका पुर्व मे.सु कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरंतर रुपमा अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
WhatsApp Image 2024-01-23 at 20.09.28_a73a4683

प्रादेशिक अस्पताल गौरका पुर्व मे.सु कृष्ण साह अदालतको निर्णयको अवज्ञा गर्दै निरंतर रुपमा अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ

बितेको कार्तिक १४ गते मितिमा अदालतले जारी गरेको अन्तरिम आदेश अन्तर्गतका दुबै पक्षलाई रोहवरमा राखी छलफल गरी निष्कर्षमा पुग्न उपयुक्त देखिएको बताइएको छ । निर्णयमा निवेदक र विपक्षी बिच कार्तिक २० गते छलफलको मिति तोकिएको थियो ।

तोकिएको मितिमा छलफल भै अर्को निर्णय नहुन्जेलसम्म सुविधा र सन्तुलनको आधारमा मिति २०८०/६/३० मा मुख्य मन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट यी निवेदक र विपक्षी डा. कृष्ण साहलाई कामकाज गर्न खटाउने गरि भएको निर्णय कार्यान्वयन नगर्न नगराउन भनी विपक्षीहरुको नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको थियो ।

सोको जानकारी विपक्षी डा. साहलाई समेत गराएको हुदा पनि अदालतको निर्णयको अवज्ञा गर्दै अस्पतालमा हाजिरी गर्दै आएको देखिएको छ ।


पूर्व मे. सु. डा. कृष्ण साह ठुल ठुला राजनीतिकर्मिहरुसंगको पहुच तथा राजनीतिक चलखेलका कारण अदालतको निर्णय विपरीत कार्य गर्न साहश गरेको प्रादेशिक अस्पताल गौर रौतहटका व्यवस्थापन समितिका अध्यक्ष मो.अनवर हाशमीले आरोप लगाएका छन ।


दुई मे.सु. बिचको विवादका कारण अस्पताल लगायत कार्यरत कर्मचारीहरुले खेपनु पर्ने समस्या लगायत सेवा लिने आम सर्वसाधारण जनसमुदायलाई कठिनाई भोगनु पर्ने कारण एक मात्र मे. सु. कृष्ण साह रहेको अध्यक्ष मो.हाशमीले बताए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >