पूर्वप्रेमीको ढोकामा युवतीले गरिन् बम आक्रमण

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Boom-bisphot

प्रेमीप्रेमिका वा लोग्नेस्वास्नीबीच कसैले धोका दिंदा अर्को पक्ष दुःखित हुने वा बदला लिने गर्नु स्वभाविकै हो ।

कतिपयले बदलास्वरुप सोसल मिडियामा अभद्र तथा अपमानजनक कुराहरुको सहारा पनि लिने गर्दछन् भने कोही साइबर हमला वा ह्याकिङमा उत्रिएर गोपनीयता भंग गरिदिनेसम्मका कार्य गर्छन् ।

केही मानिस चाहिं रिस थाम्न नसकी भौतिक आक्रमणमै उत्रिन्छन् । एक बेलायती महिलाले रिसको हद पार गर्दै आफ्ना भूतपूर्व प्रेमीमाथि खतरनाक आक्रमण गरेकी छिन् ।

इंगल्याण्डको नर्थह्याम्पटनमा बस्ने ३९ वर्षीया लरेन मेरी टेलबोटले गएको जुन १८ मा बेलुकी करिब ८ बजे आफ्ना पूर्वप्रेमी बस्ने फ्लाट बाहिर डिओडोरेन्ट बम पड्काइदिएकी छिन् ।

उक्त विस्फोटन यति भयानक थियो कि आगाको ठूलो गोला नै देखिएको थियो । विस्फोटनबाट घरका दुईवटा ढोका निस्किएका छन् भने गाह्रो भत्किनुका साथै कार्पेट जलेको छ ।

नर्थेन्ट्स प्रहरीका अनुसार जब अग्नी नियन्त्रण टोली घटनास्थलमा पुग्दा त्यहाँको भित्तामा लेखिएको थियो- यो फ्लाट नर्कमा जल्नेछ ।

संयोगवश ती महिलाका भूतपूर्व प्रेमी त्यसबेला घरमा नरहेकोले उनी बाँचे । तर लरेनले भने पूर्वप्रेमी घरभित्रै रहेको अपेक्षामा बम आक्रमण गरेकी थिइन् ।

प्रहरीले उनलाई तत्कालै पक्राउ गर्‍यो र अनुसन्धानपछि उनीमाथि हत्याको मनसायले बम विस्फोटन गराएको अभियोगमा मुद्दा दायर गर्‍यो । यही जनवरी १६ मा अदालतले लरेनलाई ६ वर्षको जेल सजाय सुनाएको छ । यद्यपि विस्फोटनअघि ती दुईबीच के कुरामा विवाद थियो भन्नेचाहिं खुलेको छैन ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >