प्लस टु पास गर्दै छोराछोरीलाई नपठाउनुस् क्यानडा।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
canada

काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।

विशेषगरी १२ कक्षा पढेर क्यानडामा पढ्न, बस्न र खान पुग्ने पैसा नलिई गएकाहरू ठूलो तनावमा परिरहेको गैरआवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले बताए। कतिपय विद्यार्थी अलपत्र परेका छन्। कतिले चरम आर्थिक र मानसिक तनावका कारण आत्महत्या प्रयाससम्म गरेका छन्। दुलालका अनुसार क्यानडामा आर्थिक समस्यामा परेका केही विद्यार्थीको उद्धार पनि गरिएको छ।

यस्तै विद्यार्थीमध्ये एक हुन् भैरहवाका हरिश (परिवर्तित नाम)। २३ वर्षीय हरिश क्यानडामा बेवारिसे अवस्थामा फेला परेका थिए। एक वर्षअघि मात्रै विद्यार्थी भिसामा क्यानडा पुगेका थिए। उनी टोरन्टोको सेन्टेनियल कलेजमा सफ्टवेयर टेक्नोलोजी विषय पढ्न भर्ना भएका थिए। दुई वर्षमा पूरा हुने डिप्लोमा अन्तर्गतको कोर्ष हो यो। एक वर्षसम्मको पढाइ हरिशले जेनतेन पूरा गरे।दोस्रो वर्षको कलेज शुल्क तिर्नुपर्ने बेला भइसकेको थियो। तर यसबीच उनले कमाइ हुने काम पाउन सकेनन्। एकातिर कलेजको शुल्क तिर्नुपर्ने दबाब, अर्कोतिर क्यानडाको महँगिँदै गएको बसाइको मारमा परे।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >