प्लस टु पास गर्दै छोराछोरीलाई नपठाउनुस् क्यानडा।

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
canada

काम गर्दै पढ्ने र पढाइका लागि पैसा जोहो गर्ने उद्देश्यले क्यानडा गएका विद्यार्थीहरू अहिले अप्ठ्यारोमा पर्न थालेका छन्।

विशेषगरी १२ कक्षा पढेर क्यानडामा पढ्न, बस्न र खान पुग्ने पैसा नलिई गएकाहरू ठूलो तनावमा परिरहेको गैरआवासीय नेपाली संघका अध्यक्ष माधव दुलालले बताए। कतिपय विद्यार्थी अलपत्र परेका छन्। कतिले चरम आर्थिक र मानसिक तनावका कारण आत्महत्या प्रयाससम्म गरेका छन्। दुलालका अनुसार क्यानडामा आर्थिक समस्यामा परेका केही विद्यार्थीको उद्धार पनि गरिएको छ।

यस्तै विद्यार्थीमध्ये एक हुन् भैरहवाका हरिश (परिवर्तित नाम)। २३ वर्षीय हरिश क्यानडामा बेवारिसे अवस्थामा फेला परेका थिए। एक वर्षअघि मात्रै विद्यार्थी भिसामा क्यानडा पुगेका थिए। उनी टोरन्टोको सेन्टेनियल कलेजमा सफ्टवेयर टेक्नोलोजी विषय पढ्न भर्ना भएका थिए। दुई वर्षमा पूरा हुने डिप्लोमा अन्तर्गतको कोर्ष हो यो। एक वर्षसम्मको पढाइ हरिशले जेनतेन पूरा गरे।दोस्रो वर्षको कलेज शुल्क तिर्नुपर्ने बेला भइसकेको थियो। तर यसबीच उनले कमाइ हुने काम पाउन सकेनन्। एकातिर कलेजको शुल्क तिर्नुपर्ने दबाब, अर्कोतिर क्यानडाको महँगिँदै गएको बसाइको मारमा परे।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >