बेनीमा ग्याङफाइट: खुकुरी प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Beni_Murder

बीरगंज -१२ माघ | म्याग्दीको बेनीमा ग्याङ फाइट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहीबार साँझ बेनी नगरपालिका- ८ क्याम्पसचोकमा अन्धाधुन्ध धारिलो हतियार प्रहारबाट रघुगंगा गाउँपालिका- १ बेगका घर भई हाल बेनी नगरपालिका- ८ पिपलचोक बस्ने २१ वर्षीय सुशिल गर्वुजाको मृत्यु भएको हो ।

धारिलो हतियार प्रहारबाट उनी गम्भीर घाइते भएका थिए । घाइते सुशिलको जिल्ला अस्पताल बेनीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख डिएसपी मदन कुवँरले बताए ।

मृतकका साथी बेनी नगरपालिका- ६ अथुङ्गेका अनुराग शाहीको हातमा चोट लागेको छ ।

सदरमुकाम बेनीमा जारी प्रथम म्याग्दी कप भलिबलको खेल हेरेर फर्किएको टोलीलाई अर्को समूहले आक्रमण गरेको हो ।
‘घटनामा संग्लनको पहिचान भइसकेको छ । उनीहरुको खोजिमा लागेका छौँ । छिट्टै पक्राउ गरेर सत्यतथ्य बाहिर ल्याउँछौँ’, डिएसपी कुवँरले भने ।

मृतक युवासहितको समूह सवार मोटरसाइकललाई अर्को समूहले घेरेर प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >