भारतमा आज ७५औँ गणतन्त्र दिवस मनाइँदै

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240126-132955_Facebook

वीरगंज । भारतले आज विभिन्न कार्यक्रम गरी ७५औँ गणतन्त्र दिवस मनाउँदैछ । भारत ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको थियो । १९५० को जनवरी २६ मा संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको हो ।

दिवसको अवसरमा हुने समारोहमा यो वर्ष भारतले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनलाई प्रमुख अतिथि बनाएको छ । आज उहाँ ट्याङ्क, ऊँट घोडचढी र लडाकू जेट फ्लाई पास्टसहित रङ्गीन सैन्य मार्चपासमा सहभागी हुनुहुने बीबीसी हिन्दीले जनाएको छ ।भारतको विदेश मन्त्रालयले नयाँ दिल्ली र पेरिस ‘रणनीतिक साझेदार’ भएको बताएको छ भने फ्रान्सेली राष्ट्रपतिले आफ्नो भ्रमणले भारत र फ्रान्सबीचको कुटनीतिक र आर्थिक सम्बन्धलाई सुदृढ र गहिरो बनाउने बताउनुभएको खबरमा उल्लेख छ ।एजेन्सी

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >