सवारी दुर्घटनामा बागमती प्रदेशका पूर्वमन्त्री पौडेलको निधन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
418536285_1411342936400344_5422447917934161817_n-1706699523

बीरगंज , १७ माघ – बागमती प्रदेश सरकारका पूर्वमन्त्रीको सवारी दुर्घटनामा निधन भएको छ। प्रदेशका पूर्व भूमि व्यवस्था, सहकारी तथा गरीवी निवारण मन्त्री बलराम पौडेलको मोटरसाइकल दुर्घटना मृत्यु भएको हो।

नवलपुरको गैंडाकोटमा बसले ठक्कर दिँदा पौडेलको बुधबार निधन भएको हो। बुधबार ग १ ख ८५४७ नम्बरको बसले पौडेल सवार ना ४६ प ७७५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करपछि पौडेलको घटनास्थलमै निधन भएको हो।पौडेल २०७८ पुस ९ गते बागमती प्रदेशमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री भएका थिए। मोटरसाइकललाई ठक्कर दिने बस चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >