चिलीमा डढेलोबाट ज्यान गुमाउनेको संख्या ९९ पुग्यो

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
chili-dadelo-

एजेन्सी । लेटिन अमेरिकी मुलुक चिलीमा डढेलोमा परि ज्यान गुमाउनेको संख्या ९९ पुगेको छ । भलपराइसो प्रान्तमा फैलिएको डढेलोमा परि अझै सयभन्दा बढी मानिस हराइरहेका छन् ।

चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकले देशभर आपतकालीन अवस्था घोषणा गर्दै उद्धार र राहत कार्यमा “सबै आवश्यक स्रोतहरू“ उपलब्ध गराउने बताउनुभयो ।

चिलीको इतिहासमै यो आगलागीलाई सबैभन्दा घातक डढेलो मानिएको छ । धेरै प्रभावित गर्मीको बिदामा तटीय क्षेत्रमा घुम्न गएको समयमा डढेलो फैलिएको थियो ।

स्वास्थ्य मन्त्रालयले अस्पतालका नियिमत शल्यक्रियाहरू बन्द गर्न र अस्थायी फिल्ड अस्पतालहरू स्थापना गर्न आह्वान गरेको छ ।

अझैपनि मुख्य प्रभावित क्षेत्रमा उद्धारकर्ताहरु पुग्न सकेका छैनन् । आन्तरिक मन्त्री क्यारोलिना तोहाले आगामी घण्टाहरूमा मृतकको संख्या अझै बढ्ने बताउनुभएको छ । चिली सरकारले आगलागी प्रभावित क्षेत्रहरूमा नजान मानिसहरूलाई आग्रह गरेको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >