बैतडीमा जिप दुर्घटना हुदाँ दुई जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Jeep Durghatan patan 31707104226 (1)

बीरगंज २२ , माघ  बैतडीमा जिप दुर्घटनामा हुदाँ दुई जना घाइते भएका छन्।

पाटन नगरपालिका–३ को धुराभन्ने स्थानमा जिप दुर्घटनामा परी चालकसहित २ जना घाइते भएका हुन्। घाइते हुनेमा चालक सुर्नया गाउँपालिका–५ का कृष्ण बहादुर बिष्ट र जिपमा सवार पाटन–३ का  ३० वर्षीय धनीराज पन्त रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक खेमबिक्रम केसीले जानकारी दिए।खोडपेबाट बोहोरीगाउँतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०४००१ च ०१०७ नम्बरको बोलेरो जिप आज बिहान ४ बजे दुर्घटनामा परेको हो। उक्त जिपमा चालकसहित दुई जना मात्रै सवार रहेको बताइएको छ। घाइते पन्तको अवस्था गम्भिर रहेको र उनलाई धनगढी रेफर गरिएको छ। चालक बिष्टको डडेल्धुरामा उपचार भइरहेको छ। जिप सडकबाट करिब ७० मिटर तल खसेको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले बताएको छ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >