सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति द्वारा कोल्हवीमा प्रदर्शन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_1291-1536x1024

बीरगंज- २३ माघ : सरकारले सडक बनेको ४ बर्ष बितिसक्दा पनि बाराका तामागढी-सिमरौनगढ सडक खण्डको मुआब्जा बितरण नगर्दा उक्त सडक खण्डमा जग्गा परेकाहरु अहिले आन्दोलित भएको छ। मंगलबार तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समितिले जुलुस निकालेर प्रदर्शन गरेको छ । कोल्हवीमा समितिले जुलुस निकालेर प्रदर्शन गरेको हो ।

कोल्हवीको बटौलिया बाट निस्किएको जुलुसले कोल्हवी नगरको परिक्रमा गर्दै कोल्हवी बजारमा कोणसभामा परिणत भएको थियो।जुलुसमा सहभागिहरुले बाटोको मुआब्जा ब्याजसहित दिलाई देउ, अर्थमन्त्री मुर्दावाद, हाम्रो माग पूरा गर, नालायक सरकार मुर्दावाद लगायतका नारा लगाएर बिरोध प्रदर्शन गरेको छ।तामागढी सिम्रौनगढ सहयोग तथा मुआब्जा संघर्ष समिति बाराका अध्यक्ष रामबाबु साह तेलिले कार्यक्रममा बोल्दै मुआब्जाको माग गर्दै सरकारको आलोचना गरेका थिए । उनले माग पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् । तामागढी सिम्रौनगढ सडकमा ७० बिघा जग्गा परेको र एक हजार ५ सय किसान मुआब्जा पिडित रहेको समितीका सचिव रामानन्द चौधरीले बताउनुभयो ।तामागढी-सिमरौनगढ सडक अन्तर्गत सरकारले मुआब्जा नदिदा अहिले टेढाकट्टीमा सडक बिस्तार हुन सकेको छैन।सरकारले मुआब्जा पिडित संग पटक पटक सम्झौता गरेपनी सरकारले अहिले सम्म मुआब्जा उपलब्ध गराउन सकेको छैन सरकारले मुआब्जा उपलब्ध न गराए पछि अब निजगढमा सडक जाम गर्ने समेत रामानन्द चौधरीले बताए 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >