बसले किचिएर बारामा २ वर्षिया बालिकाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
accident

बीरगंज – २४ माघ। बारामा बसले किचिएर २ वर्षिया बालिकाको मृत्यु भएको छ । जिल्लाको सुवर्ण गाउँपालिका वडा नं ३ संजगंजमा यात्रुवाहक बसले किचिएर बालिकाको मृत्यु भएको हो ।
कलैयाबाट संतगंज जादै गरेको ना ३ ख ९९९० नंबर ( बाबा डिलक्स ) को यात्रुवाहक बसले किचिएर त्यही बसमा सवार रहेकी २ वर्षिया बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नं ८ बस्ने अन्तिमा कुमारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले रुटिन अफ बारा अपडेट लाई जानकारी दिए ।

मृत बलिका आफ्नो आमासँग कलैयाबाट मामाघर भारतको अठमुहान जादै थिईन्। बसबाट तल झरेर जाने क्रममा बसले किचिएर गम्भीर घाइते भएकी अन्तिमालाई प्रादेशिक अस्पताल कलैया लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन।मृत्यु पछी संतगंजको अवस्था तनावग्रस्त बनेको थियो भने स्थानियहरुले बसमा आगजनी र तोडफोड गरेका थिए। बस चालक कलैया उपमहानगरपालिका वडा नं २७ बस्ने ४० वर्षिय मुरारी चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >