खाताबाट करीब डेढ करोड रकम चोर्ने राबा पोखरियाका कर्मचारी पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240222-090603_Facebook

वीरगञ्ज ९ फागुन । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले अरुको खाताबाट पैसा चोरी गरेको आरोपमा राष्ट्रिय वाणिज्य बैंक पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको छ ।राष्ट्रिय वाािण्ज्य बैंकमा रहेको अरुको खाताबाट अनाधिकृतरुपमा प्रवेश गरेर एक करोड भन्दा बढी पैसा निकालेको आरोप सिआइबीको टोलीले सोही बैंकको पोखरिया शाखाका कर्मचारीलाई पक्राउ गरेको हो ।राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको खाताबाट १ करोड ३७ लाख ८६ हजार रुपैयाँ चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी रोहितकुमार ओझालाई सिआइबीले पक्राउ गरेको जनाएको छ ।नक्कली ‘कनेक्ट आइपीएस’ बनाएर बानेश्वरमा रहेको अरुको खाताबाट पैसा चोर्ने राष्ट्रिय वाणिज्य बैंक पर्सा पोखरिया शाखाका कर्मचारी ओझालाई पक्राउ गरिएको सिआइबी प्रहरी प्रवक्ता होबिन्द्र बोगटीले पुष्टि गरे ।उनी पोखरिया शाखामा कनिस्ट सहायक कर्मचारी भएको अनुसन्धानमा पाइएको प्रहरीले जनायो । उनले भने,‘कोरियामा बस्ने एक नेपालीले राष्ट्रिय वाणिज्य बैंकमा पैसा जम्मा गर्दै आइरहेका थिए, बानेश्वर शाखामा उनको खाता छ । त्यही शाखाबाट नक्कली कनेक्ट आइपीएस बनाए ओझाले अनाधिकृतरुपमा प्रवशे गरे, अनि ती व्यक्तिको खाताबाट पैसा चोर्न थाले ।’त्यसपछि खातावालाले बैंकमा उजुरी गरेपछि बैंकले गरेको छानविनमा ओझाले पैसा चोरी गरेको पाइएको बैंकले दिएको जाहेरीमा उल्लेख छ,’ उनले भने । सिआइबी प्रवक्ता बोगटीका अनुसार ओझाले २१ पटक गरेर बानेश्वर शाखाबाट पैसा झिकेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।पक्राउ परेका ओझालाई राष्ट्र बैंक कसुर ऐन अन्तर्गत म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सिआइबी प्रवक्ता बोगटीको भनाइ छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >