ट्रक र पिकअप ठोक्किदा दुईको मृत्यु,चार गम्भिर घाईते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240222-091514_Facebook

बाराको पथलैया–अम्लेखगंज सड्कखण्डको आधाभारमा ट्रक र पिकअप एकापसमा ठोक्किदा दुई जनाको मृत्यु भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आधाभार जंगलमा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने दुर्घटनामा परी चार जना गम्भिर घाइते भएका छन् ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेहरुमा बोलेरो पिकअप चालक नुवाकोट जिल्लाको बिदुर नगरपालिका निवासी सुजन मगराती र भारतको बिहार राज्य मोतिहारी जिल्ला मधुवन थाना ग्राम कुन्दनपुर निवासी चन्दन चौहान रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका मगराती र चौहानको उपचारको क्रममा बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिएका छन ।सिमराबाट हेटौँडातर्फ जादैँ गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक र हेटौँडाबाट पथलैयातर्फ आउदैँ गरेको बा प्र ०१–०२६ च १३३४ नम्बरको बोलेरो पिकअप बुधबार बिहान एकापसमा ठोक्किदा दुर्घटना भएको बारा प्रहरी प्रवक्ता न्यौपानेको भनाइ छ।यसैगरी दुर्घटनामा घाइते हुनेहरुमा भारतको बिहार राज्य मजफ्फरपुर जिल्ला,परखना मोतिपुर थाना,दरुराज ग्राम सिसुवा बस्ने राहुल चौधरी,भारत बिहारकै महाराजगंज जिल्ला गोरखपुर बस्ने सुदिप चौहान,सोही ठाँउ बस्ने रामलखन चौहान र ट्रक चालक परवानीपुर गाउँपालिकाको चैनपुर घर भई हाँल जीतपुरसिमरा वडा नम्बरं २ हुलास टोल बस्ने रवि पटेल रहेका प्रवक्ता न्यौपानेले बताए ।घाइते सबैको एलएस न्युरो अप्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

वीरगञ्जमा ४ करोड ७७ लाख बराबरको अवैध सुपारीसहित दुई ट्रक र दुई व्यक्ति पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले अवैध रूपमा सुपारी अनलोड गरिरहेको अवस्थामा दुईवटा ट्रकसहित दुई जनालाई पक्राउ गरेको छ। बरामद सुपारीको अनुमानित मूल्य ४ करोड ७७ लाख

पुरा पढ्नुहोस >

नेशनल मेडिकल कलेज का विशेषज्ञ चिकित्सकद्वारा उदयपुर घुर्मी–२७ मा निःशुल्क स्वास्थ्य सेवा

वीरगञ्ज, पुस ३ वीरगञ्ज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मीस्थित स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ। शिविरमा स्त्रीरोग तथा बालरोग सम्बन्धी निःशुल्क

पुरा पढ्नुहोस >

पर्सामा १७६ केजी गाँजा जस्तो देखिने पदार्थसहित एक जना पक्राउ

वीरगञ्ज । पर्सामा प्रहरीले ठूलो परिमाणको लागू औषध गाँजा जस्तो देखिने पदार्थसहित एक जनालाई पक्राउ गरेको छ।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा मातहत प्रहरी

पुरा पढ्नुहोस >