नेपालको १२८ देशसँग घाटाको कारोबार

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20240223-212435_Facebook

वीरगंज । संसारका १५७ देशसँग ब्यापार गरिरहेको नेपालले १२८ देशसँग घाटाको कारोबार गरिरहेको छ। नेपालको वैदेशिक निर्यात यो वर्ष थप संकुचित भएको छ। माघसम्ममा नेपालले ८६ अर्ब ८३ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ। यो गत वर्षको तुलनामा ७ प्रतिशत थोरै हो। निर्यात क्षमता बढ्न नसक्दा वैदेशिक व्यापारमा नेपालले उच्च घाटा बेहोर्दै आएको छ। निर्यात थोरै र आयात उच्च भएका कारण नेपालले यो आर्थिक वर्षको साउनदेखि माघसम्म वैदेशिक व्यापारमा आठ खर्ब ११ अर्ब रुपैयाँ घाटा बेहोरेको छ। नेपालले एक सय रुपैयाँको सामान आयात गर्दा दश रुपैयाँ हाराहारीको मात्रै निर्यात गर्छ। भन्सार विभागका अनुसार, यो आर्थिक वर्षको पहिलो सात महीना (साउन–माघ) मा नेपालले करीब आठ खर्ब ९८ अर्ब रुपैयाँ मूल्यका सामान आयात गरेको छ। यो बितेको वर्षको यही अवधिको तुलनामा २.३१ प्रतिशत थोरै हो। देशमा वस्तु र सेवाको माग पछिल्लो वर्षदेखि नै सुस्त छ। यसैकारण आयात घटेको व्यवसायीले बताउने गरेका छन्। यद्यपि, अघिल्ला महीनाका तुलनामा माघमा भने आयातमा सामान्य वृद्धि भएको छ। माघमा एक खर्ब २९ अर्ब ७७ करोड रुपैयाँको मालसामान भित्रिएको छ। अघिल्ला महीनामा औसतमा एक खर्ब २८ अर्ब रुपैयाँको मात्रै आयात भएको तथ्यांकले देखाउँछ।दुई वर्षअघि हरेक महीना औसतमा डेढ खर्ब रुपैयाँको आयात भएको थियो। अर्थतन्त्रमा सुस्तताका कारण गत वर्षदेखि नै आयात खस्किएको हो। भन्सार विभागका अनुसार, साउनदेखि माघसम्म नेपालले एक खर्ब ५० अर्ब रुपैयाँ हाराहारीको कृषिजन्य वस्तु आयात गरेको छ। यसमा २८ अर्ब २१ करोड रुपैयाँको अन्न, १९ अर्ब ५० करोड रुपैयाँको तरकारी, १२ अर्ब ४० करोड रुपैयाँको फलफूल छन्। यो अवधिमा नेपालले झण्डै ४० अर्ब रुपैयाँ जतिको खाने तेल वा तेलजन्य वस्तु पनि आयात गरेको छ। व्यवसायीले विदेशबाट कच्चा तेल आयात गर्दै भारत निर्यात गरेर नाफा कमाउने गरेका छन्। यद्यपि, पछिल्लो समयमा यो व्यवसाय घटिरहेको छ। यो अवधिमा नेपालले सर्वाधिक धेरै मूल्यको पेट्रोलियम पदार्थको आयात गरेको छ। माघसम्म एक खर्ब ८५ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ, ७६ अर्ब रुपैयाँ बराबरको फलाम, ६० अर्ब रुपैयाँ बराबरको विद्युतीय मेसिन र सामान आयात भएको छ।यो अवधिमा सबैभन्दा धेरै नौ अर्ब २९ करोड रुपैयाँको फलाम र स्टिलका वस्तु (खासगरी जस्तापाता), आठ अर्ब आठ करोड रुपैयाँको कफी र मसला, ६ अर्ब ६० करोड रुपैयाँको गलैंचा, चार अर्ब ६५ करोड रुपैयाँको लुत्ताकपडा निर्यात गरेको छ। नेपालको १५७ देशसँग वैदेशिक व्यापार रहेको तथ्यांकले देखाएको छ। यसमध्ये २९ देशमा नेपालले आयातभन्दा निर्यात धेरै गरेको छ भने बाँकी देशबाट निर्यातभन्दा आयात धेरै गर्छ। अमेरिका, डेनमार्क, नर्वेजस्ता देशमा आयातभन्दा निर्यात धेरै छ। तर भारत, चीन, युक्रेन, मलेशिया, दुबई लगायतका देशबाट आयात धेरै छ। सबैभन्दा धेरै नेपालले भारतबाट पाँच खर्ब ५४ अर्ब रुपैयाँ बराबरको आयात गरेको छ। चीनबाट एक खर्ब ७३ अर्ब मूल्यका वस्तु आयात गरेको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >