बारा – ११ फागुन। बारा जिल्लाको फेटा गाउँपालिका वाड नं ४ बातरामा रहेको श्री नारायण आधारभूत विद्यालय बातरामा मात्र २० देखि २५ जना विद्यार्थीहरु रहेका छन। विद्यार्थीहरुको संख्या न्यून रहे तापनि विद्यालयलाई आफ्नो आमदनिको स्रोत बनाएका प्र अ र व्यवस्थापक समितिका अध्यक्षका आफ्नो मनोमानी ढङ्ग्ले विद्यालय संचालक गरिरहेको स्रोतले जनाएको छ।नारायण प्र वि का प्र .अ गेनालाल साह र व्यवस्थापक समितिको अध्यक्ष बनकालाल चौहानले झोले स्कूल को रूपमा सञ्चालन गर्दै आएका छन। शिक्षालाई व्यापार बनाउने प्र.अ साह र व्यवस्थापक समितिका अध्यक्ष चौहान विद्यार्थीहरुको भविष्य बाट खेलवाड गर्दा पनि सम्बन्धिक निकाय मौन बनेको छ विद्यालयमा जादा पनि शिक्षाबाट वञ्चित भएका विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउन नसक्दा स्थानिय सरकार बाट आफ्नो अधिकारबाट पनि वञ्चित बनेका स्रोतको दाबी रहेको छ । स्थानिय सरकार प्रमुख रुसतम अनसारी शिक्षामा नाम मात्रको विकास गरेको यस बाट प्रष्ट भएको छ ।