उपेन्द्र यादवलाई मन्त्री बनाएकोमा गौर हत्याकाण्ड पीडित संघर्ष समितिको आपत्ति

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
gaur_main

वीरगञ्ज । गौर हत्याकाण्डमा मारिएकाहरुका आफन्तहरुले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलाई उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेकोमा आपत्ति जनाएका छन् ।

गौर हत्याकाण्ड पीडित संघर्ष समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष यादवलाई मन्त्रिमण्डलमा सहभागी गराएकोप्रति प्रधानमन्त्री पुष्पकमल दाहालको ध्यानाकर्षण गराए ।

संघर्ष समितिका संयोजक रुपसागर उपाध्यायद्वारा विज्ञप्तिमा भनिएको छ, ‘पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरित उल्टै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानूनी शासनको उपहास पनि हो ।’

प्रधानमन्त्रीको यसप्रकारको क्रियाकलापले न्यायको परुखाईमा रहेका आफूहरूलाई झन् पीडित एवं मर्माहत बनाएको उपाध्यायको विज्ञप्तिमा उल्लेख छ ।
गौर हत्याकाण्ड पीडित संघर्ष समितिले यादव सो प्रकरणमा दोषी रहेको भन्दै कारबाहीको माग गर्दै आएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >