स्रोत नखुलेको भारतिय रुपैयासहित विहार सितामढीका ३ भारतियसहित ४ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
makawanpur

वीरगञ्ज । स्राेत नखुलेकाे भारतिय रुपैयासहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिशेष सुचनाको आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मकवानपुरका हेटौडा उपमहानगरपालिकाकाे वडा नं. १५ स्थितबाट ३ भारतियसहित ४ जनालाई नियन्त्रणमा लिएकाे हाे ।

भारत विहार राज्य सितामढी थाना भुभैरवो वडा नं. ९ निवासी ३० बर्षिय राकेश कुमार राय, साेही ठाउँ निवासी नै ३० बर्षिय चान्द बाबु, ३७ बर्षिय अशोक राय र जिल्ला सुनसरी कोशी गाउँपालिका वडा नं. ४ निवासी ३२ बर्षिय निजाम मिँयालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।

रातोमाटे चेक प्वाईन्ट स्थित शनिबार राति ११ बजेको समयमा पुर्व-पश्चिम सडक खण्डमा वीरगञ्ज तर्फबाट हेटौडा तर्फ आउँदै गरेकाे बिआर ०१ एआर २९९१ नम्बरकाे कारलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त कारमा सवार चारै जनाकाे साथबाट लुकाई छिपाई गरी राखेको अवस्थामा पाँच लाख उनन्पचास हजार भारतिय रुपैया र दुई लाख पचास हजार नेपाली रुपैया फेला परेकाे प्रहरीले जनाएकाे छ ।

उक्त स्राेत नखुलेकाे रुपैया र कारसहित ४ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले प्रेस विज्ञप्ति मार्फत जनाएकाे छ ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >