विस्फोटमा परि सात बालबालिकाको मृत्यु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1712452299_sirya_blast-1200x560

दक्षिणी सिरियामा विस्फोट हुँदा ७ जना बालबालिकाको मृत्यु भएको छ। दक्षिणी सिरियाको दारा प्रान्तमा शनिवार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, ‘आतङ्कवादीले सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुई जना घाइते भएका छन्।’

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरका अनुसार भने विस्फोटमा फरक फरक उमेरका ७ बालबालिका मारिएको र एक जना घाइते भएका छन्। बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको छ।

जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन्, लाखौँ विस्थापित भएका छन् र मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्र ध्वस्त भएको छ। रासस

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >