नेशनल मेडिकल कलेजमा अनुगमन समितिको छापा,एमडी अन्सारीसहित दुई जना प्रहरी नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
nmc-red-12

वीरगन्ज,२६चैतः  वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालका प्रबन्ध निर्देशक शहनवाज हुसेन अन्सारी र ल्याब प्रमुख सन्जय साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मेडिकल कलेजको ल्याब र फार्मेसीमा म्याज गुज्रिएको औषधी र केमिकल फेला परेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो ।

दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर न्यौपानेले जानकारी दिए ।

सोमबार दिउँसो वीरगन्ज महानगरपालिकाको बजार अनुगमन समितिले मेडिकल कलेजको ल्याब र फार्मेसीमा छापा मारेको थियो । त्यसक्रममा ल्याबमा बिरामीको उपचारमा प्रयोग भइरहेकै अवस्थामा म्याज गुज्रिएका केमिल र फार्मेसीमापनि म्याद गुज्रिएका औषधी भेटिएको अनुगमन समितिका सदस्य तथा महानगरका कार्यापालिका सदस्य कन्हैया ठाकुरले बताए । अनुगमन टोलीमा पर्साका प्रहरी उपरक्षिक कुमोध ढुंगेलपनि सहभागी थिए ।

मेडिकल कलेजको ल्याब र फार्मेसीमा गरी म्याज गुज्रिएका ४० भन्द्या बढी प्रकारका केमिकल र औषधी बरामद गरिएको ठाकुरले जानकारी दिए । उनले भने,‘ ल्याबमा बिरामीको रगत परिक्षणमा प्रयोग गरिने केमिकलहरु म्याद गु्ज्रिएको भेटियो । फ्रिजमा राखिएका केमिकलपनि म्याज गुज्रिएको भेटियो । सन् २०२१ फेब्रुअरीमै डेट एक्स्पायर भएका केमिकलहरु भेटिए । यस्तै फार्मेसीमा पनि विभिन्न प्रकारका औषधीहरु डेट एक्स्पायर भएको फेला परर्यो ।

ल्याब र फार्मेसीमा म्याज गुज्रिएका केमिकल र औषधी फेलापरेपछि अनुगमन टोलीमा सहभागी रहेका प्रहरी उपरक्षिक ढुंगेलले प्रबन्ध निर्देशक अन्सारी र ल्याब प्रमुख साह दुवैलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको ठाकुरले जानकारी दिए ।

यता पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक न्यौपानेले पनि अन्सारी र साहलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरे । उनले भने,‘ ल्याब र फार्मेसीमा म्याद गुज्रिएका केमिकल र औषधी भेटिएपछि दुवै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । म्याद गुज्रिएका केमिकल र औषधीपनि प्रहरीले नियन्त्रणमा लिएको छ ।’यस बारेमा थप अनुसन्धान भइरहेकोपनि उनले बताए ।

मेडिकल कलेजमा सोमबार छापा मार्न गएको महानगरको अनुगमन टोलीमा प्रहरी उपरक्षिक ढुंगेलसंगै वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दास, जिल्ला प्रशासन कार्यालय पर्साका प्रतिनिधी ब्रम्हदेव यादव , घरेलु तथा साना उद्योग कार्यालय पर्साका सन्जय महतो ,औषधी व्यवस्था विभाग, महानगरको स्वास्थ्य शाखाका स्वास्थ्यकर्मी लगायतकोपनि सहभागीता थियो ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >