पिकअप गाडीमा लागु औषध तस्करी गर्ने दुई युवक वीरगन्जमा पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
drgus-smuggling-

वीरगन्ज,२६चैतःवीरगन्जमा प्रहरीले ठूलो परिमाणमा लागु औषधसहित दुई जनालाई पक्राउ गरेको छ । मालवाहक पिकअप गाडीमै लागु औषध तस्करी गर्ने दुई जनालाई ठूलो परिमाणमा लागु औषधसहित वीरगन्जको नगवाबाट प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीले गत शनिबार बेलुकी वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाको बोखार चोकमा मधेश प्रदेश ०३–००१ च ७०९८ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गरेको थियो ।

चेकजाँचका क्रममा उक्त पिकअप गाडीमा फल्स सिलिङ बनाई फल्सभित्र कालो टेपले बेरेर लुकाइएको लागु औषध नुरफिन हजार १ हजार २०० पिस, फेनारगन १ हजार २०० पिस, डाइजेपाम १ हजार २०० पिस, ओनरेक्स ५० बोत्तल र टपेन्टाडोल ट्याब्लेट ३९० पिस बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए ।

बरामद लागु औषधसहित गाडीका चालक वीरगन्ज महानगरपालिका वडा नम्बर २० का २१ बर्षिय विष्णु पटेल र त्यही ठाँउका २० बर्षिय राजन यादवलाईपनि नियन्त्रणमा लिइएको थापाले जानकारी दिए ।

लागु औषध र गाडीसहित नियन्त्रणमा लिइएका दुवै जनाविरुद्ध लागु औषध सम्बन्धी कसूरमा आइतबार पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइ थप अनुसन्धान भइरहेको थापाले बताए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >