उनन्तीस लाख भन्दा बढीको अबैध सामान प्रहरीद्वारा बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
437339101_7428217357243436_1842749604894823064_n

बारा प्रहरीले २९ लाख रुपैयाँ भन्दा बढीको अबैध सामान बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलिले विभिन्न स्थानमा गाडिहरूलाई रोकी जाँच गर्ने क्रममा अबैध सामान बरामद गरेको हो ।

विल विजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अन्दाजी मूल्य रू. २९ लाख २१ हजार ७ सय ५७ रूपैया बराबरको सामान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलिले जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ मा सो सामान बरामद गरेको हो । वीरगंजबाट कास्की तर्फ जाँदै गरेको ना ३ ख २२९ नम्बरको डिब्बा भ्यान गाडीमा खुद्रा समान सहित गाडीलाई नियन्त्रणमा लिइएको हो ।

उक्त भ्यान गाडीबाट अन्दाजी मुल्य रु. २८ लाख ५३ हजार ६ सय ५७ रुपैयाँ बराबर समानको श्रोत खुलाउन नसकेको तथा बिलबिजक भन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै प्रहरी चौकी बरियारपुरबाट खटिएको प्रहरी टोलिले जिल्लाको महागढीमाई नगरपालिका वडा नम्बर ६ बबुआईन स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छलीका गरी ल्याउदै गरेको बा.६८ प १९६९र बि.आर २२ भि.१६४० नम्बरको मोटरसाइकलसहित सामान बरामद गरेको छ।

प्रहरी टोलीलाई देखी मोटरसाइकल फाली मानिस फरार रहेकोले उक्त समान सहित मोटरसाइकल नियन्त्रणमा लिईएको हो ।

उक्त मोटरसाइकलबाट अन्दाजी मुल्य रु. ४४ हजार ४ सय रुपैयाँ बराबरको समान रहेको प्रहरीले जनाएको छ ।

खाने तेल १२ टिना अन्दाजी मूल्य रु. ३२ हजार ४ सय,प्याज १ सय ४० किलो अन्दाजी मूल्य रु. ९ हजार र बच्चाले खाने अचार अन्दाजी मुल्य रु. ३ हजार रुपैयाँ बराबरको समान प्रहरीले बरामद गरेको छ ।

त्यसैगरी प्रहरी चौकी मुसहर्वाबाट खटिएको प्रहरी टोलिले जिल्लाको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वा स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी टाऊकोमा बोकी ल्याउदै गरेको खुद्रा समानहरु प्रहरीले बरामद गरेको छ ।

उक्त समान अन्दाजी मूल्य रु. २३ हजार ७ सय रुपैयाँ बराबरको प्रहरीले जनाएको छ ।

समान सहित डिब्बा भ्यानलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएका हुन् ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >