सार्वजनिक बिदाका दिनमापनि जिल्ला प्रशासन कार्यालय पर्साले दिने भयाे सेवा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
cdo-office-parsa

वीरगन्ज,८बैशाख:जिल्ला प्रशासन कार्यालय पर्साले २०८१ सालका केहि सार्वजनिक बिदाका दिनमा पनि सेवा दिने जानकारी दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

उक्त सूचनामा राजपत्रमा उल्लेखित अन्य सार्वजनिक बिदाका दिन र शनिबारका दिन बाहेक यस वर्ष परेका १९ वटा सार्वजनिक बिदाका दिनमापनि कार्यालयबाट सार्वजनिक सेवा प्रवाह हुने उल्लेख छ ।पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेकाे सूचनामा २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म परेका १९ वटा सार्बजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रदान गरिने उल्लेख  छ।

यस बर्ष गणतन्त्र दिवस,शहिद दिवस, रामनवमी,घटस्थापना,क्रिसमस डे,ल्हाेसार,गणतन्त्र दिवस,रक्षाबन्धन,बुद्ध जयन्ती ,उभाैंली
पर्ब,महाशिवरात्री,माघी पर्ब,पृथ्वी जयन्ती,इद उल फित्र,बकर ईद,राष्ट्रिय प्रजातन्त्र दिवस,श्रीकृष्ण जन्माष्टमी गरी विभिन्न पर्ब र दिवस गरी १९ दिन सार्बजनिक बिदा दिइएको भएपनि ती दिन जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्रदान गरिने जनाइएको छ।

आधारभूत सेवा जस्तै नागरिकता सम्बन्धी सेवा,राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाईएको उक्त सूचना मार्फत जानकारी गराइएको छ ।

यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाईएको सुचनामार्फत जनाइएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >