वीरगन्जमा राष्ट्रिय स्तरको चेस प्रतियोगीता सुरु

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
chess-1

वीरगन्जमा सोमबारदेखि राष्ट्रिय स्तरको बुद्धिचाल(चेस) प्रतियोगीता सुरु भएको छ । नेपाल बुद्धिचाल महासंघ, पर्सा जिल्ला बुद्धिचाल संघ र मुनलाईट माविको मुख्य आयोजना र नेशनल ईन्फोटेक कलेजको सहआयोजनामा प्रतियोगीता सुरु भएको हो ।
बैशाख १२ गतेसम्म चल्ने प्रतियोगीताको उद्घाटन पर्साका प्रहरी उपरीक्षक कुमोद ढुंगेलले गरेका हुन् । पर्सा जिल्ला बुद्धिचाल संघका अध्यक्ष अजय कुर्मीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रतियोगीताका चिफ आर्बिटर एंव नेपाल बुद्धिचाल महासंघका पूर्व केन्द्रीय सदस्य रामकिशोर सिंह परागले प्रतियोगीताको प्रक्रियाका बारेमा प्रकाश पारेका थिए ।

प्रतियोगीतामा देशैभरबाट ६१ जना छात्र र १४ जना छात्राले सहभागीता जनाएका छन् ।सहभागीलाई विभिन्न उमेर समूहमा विभाजन गरिएको छ । १० वर्ष मुनी, १४ वर्ष मुनी र १८ वर्ष मुनीको उमेर समूहको आधारमा प्रतियोगीता सञ्चालन भइरहेको चिफ आर्बिटर परागले बताए ।

उनका अनुसार प्रतियोगितामा १० वर्ष मुनिको खेलमा १० जना सहभागी छन् । १४ वर्ष मुनीको खेलमा २९ जना सहभागी छन् भने १८ वर्ष मुनीको खेलमा २२ जनाले भाग लिएका छन् । छात्रातर्फ १४ जना प्रतिस्पर्धी छन् ।

उमेर समूहका विजेताहरुले आगामी जुन ९ देखि २१ सम्म कजाकस्तानमा हुने २७ औँ एसियन युथ चेस च्याम्पियनशिपमा नेपालको तर्फबाट सहभागिता जनाउनेछन् । समूहगत विजेतालाई ट्रफी, मेडल र डिजिटल प्रमाणपत्र प्रदान गरिनेछ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >