चेकजाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई प्रहरीको नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG-20240426-WA0020-860x645

बारा प्रहरीले चेकजाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाराका मातहत समेतबाट खटिएका प्रहरी टोलिहरूले विभिन्न स्थानहरूमा गाडीहरूलाई रोकी चेकजाँच गर्ने क्रममा अबैध समान सहित ट्रकलाई नियन्त्रणमा लिइएको हो ।

उक्त ट्रकमा बिल भरपाई भन्दा बढि र समानको स्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रू.४३ लाख ७६ हजार ७ सय ८३ रूपैया बराबरको समान रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ सुर्य नेपाल स्थितमा वीरगंजबाट सर्लाहीतर्फ जादै गरेको ना ३ ख ९४६७ नम्बरको बसमा लोड रहेको समान बरामद गरेको छ ।

प्रहरीले उक्त ट्रकबाट साडि २५ पिस,कुर्ता सुरवाल २२ पिस,थानको कपडा १७ थान गरी जम्मा अन्दाजी मुल्य रू.९० हजार रूपैया बराबरको बिल भरपाई नभएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ७ सिंगौलगेट स्थितमा वीरगंजबाट जनकपुरतर्फ जादै गरेको ना ४ ख ७६१२ नम्बरको बसमा लोड रहेको हाफपाईन्ट ३ सय ६८ पिस (रेडिमेड कपडा) अन्दाजी मुल्य रू.५५ हजार २ सय रूपैया बराबरको बिल भरपाई भन्दा बढि स्रोत खुलाउन नसकेको समान बरामद गरेको हो ।

त्यसैगरी प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ६ ख ४४४७ नम्बरको ट्रकमा लोड रहेको खुद्रा समानहरू अन्दाजी मुल्य रू.४२ लाख ३१ हजार ५ सय ८३ रूपैया बराबरको समान बरामद गरेको छ ।

बारा प्रहरीले उक्त समान सहित ट्रकलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिएका छन ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >