बाराबाट २१६ किलो गाँजासहित २ जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
439929593_953318883464624_1635135152094198184_n

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय बाराले २१६ किलो लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएको सयुँक्त टोलीले बाराको निजगढ नगरपालिका वडा नम्बर १० लालपार्कस्थित रतनपुरबाट लागूऔषध गाँजा बरामद गरेको हो । 

रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ख७५५२ नम्बरको ट्रकलाई रोकेर चेकजाँच गर्दा ट्रकभित्र लुकाईछिपाई राखिएको २१६ किलो गाँजा फेला परेको बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए । उनकाअनुसार ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ घर भई हाल बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ बस्ने ३२ वर्षीय आकाश भन्ने दिपक कोईराला र ट्रकमा सवार मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी बस्ने ३० वर्षीय जिबन घलानलाई नियन्त्रणमा लिइएको छ । दुवैजनालाई लागुऔषध सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताए । 

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >