बारा प्रहरीको थुनामा रहेका अभियुक्तलाई छुटाइदिने भन्दै ६ लाख रुपैयाँ ठग्ने कानु पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
bara-thagi-

बारा,१८बैशाखः व्याक्ति हत्याको आरोपमा अनुसन्धानका लागि प्रहरी थुनामा रहेका अभियुक्तलाई छुटाइ दिने भन्दै अभियुक्तका परिवारसंग ६ लाख रुपैयाँ लिएका एक व्याक्ति बारामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २० बडहर्वाका ४१ बर्षिय दुर्गा साह कानु रहेका छन् । उनलाई प्रहरीले गत आइतबार पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो ।

ज्यान सम्बन्धि कसूरको अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराको थुनामा रहेका एक अभियुक्तका आफन्तले दिएको जाहेरीका आधारमा कानुलाई गत आइतबार पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

प्रहरीका अनुसार, प्रहरी थुनामा रहेका अभियुक्तका आफन्तसंग कानुले ६ लाख रुपैयाँ लिएका थिए । पक्राउ परेका कानुलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर उनिविरुद्ध ठगी मुद्धा दर्ता गरि अनुसन्धान भइरहेको न्यौपानेले बताए ।

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >