सशस्त्र प्रहरीद्वारा ७ लाख बढीको भन्सार छलीका कपडा बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
vansar-chhali-kapada--yatra_ZvGIptuq8i

 सशस्त्र प्रहरीले सात लाख बढीको भन्सार छलीका सामग्री बरामद गरेको छ । प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित बाँसझाङ र भुटनदेवी क्षेत्रबाट ७ लाख ३३ हजार एक सय मूल्य बराबरको भन्सार छलीका सामग्री बरामद गरेको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक देबेन्द्र सिंहकाअनुसार भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा लगायतका सामग्री नियन्त्रणमा लिइएको हो । 

कपडा ओसारपसारमा प्रयोग गरिएका दुई वटा साईकलसहित बाराको जितपुर सिमरा उपमहानगरपालिका निवासी ३७ वर्षीय महिला र बाराकै बिश्रामपुर गाउँपालिकाका ४० वर्षीय पुरुषलाई नियन्त्रणमा लिइएको सिंहले बताए ।आवश्यक कारवाहीका लागि बरामद सामग्रीसहित नियन्त्रीत दुई जनालाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ । 

ताजा खबर

लोकप्रिय

कवही गोठ नाकाबाट दिनहुँ तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि मिलेमतोको गम्भीर आरोप

बारा — बारा जिल्लाको स्वर्ण गाउँपालिका अन्तर्गत पर्ने कवही गोठ नाकाबाट पछिल्लो समय व्यापक रूपमा तस्करी मौलाएको आरोप स्थानीयवासीहरूले लगाएका छन्। सशस्त्र प्रहरी बल नेपाल

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >