बारा २० वैशाख । फेटा गाउँपालिका काे वडा नं. १ चिलझपटीमा बिहीबार बिहान ११:०० आगलागी हुँदा ४ वटा घर जलेर नष्ट भएकाे छ । स्थानिय मेवालाल ठाकुर , बुधिय देवी ठाकुर , श्रीलाल पटेल र सुदर्शन ठाकुर फुसकाे घर जलेर नष्ट भएकाे छातवा चौकीकाे प्रहरी बरिष्ठ नायव निरीक्षक संतोष के. सी ले जानकारी दिए । आगलागीमा घर भित्र रहेकाे धान, चामल, गहुँ, दाल, भाँडाब्रतन, लत्ता, नगद कपडा लगायततका सामग्रीहरु जलेर नष्ट भएकाे उनले वताए ।पिडितहरुले आगलागीमा २२ लाख बराबरकाे क्षति भएकाे जनाएका छन् । आगो भएकाे आगलागीमा मानविय तथा पशु चाैपायकाे क्षति भएकाे छैनन् । वीरगंज महानगरपालिकाबाट पुगेकाे बारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानियकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे।