जनकपुरमा पस्ताेल देखाएर ८० लाख रुपैयाँ लुट्ने दुई जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_2024-05-12-20-41-20-251_com.facebook.katana-edit

जनकपुरधाम,३०बैशाख:जनकपुरमा पेस्ताेल देखाएर सहकारीका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटेको आरोपमा दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाकै मिथिला नगरपालिकाका जनक महतो र श्रवण कापर पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरूको साथबाट केही रकम समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।प्रहरीका अनुसार उनीहरुको साथबाट हाल १४ लाख ५३ हजार मात्र बरामद भएको हो ।

गत वैशाख ४ गते धनुषाको सबैला १२ रघुनाथपुरको शुभश्री वचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम १९ मा पेस्तोल देखाएर ८० लाख रुपैयाँ लुटेका थिए।

पक्राउ परेका दुवै जनालाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला  प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >