लघुवित्तमा तोडफोड गर्नेलाई अपराधिक उपद्रव मुद्दा दर्ता,पिडित समुहले गरे जिल्ला प्रहरी कार्यालयमा प्रर्दशन

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
IMG_20240516_192015-860x648

लघुवित्त पीडित समूहका अध्यक्ष सोहन शर्मालाई छाड्न माग गर्दै जिल्ला प्रहरी कार्यालय बाराको अगाडि अघुवित्त पीडितहरुले विरोध प्रदर्शन गरेका छन् ।

लघुवित्तका पीडित समुह बताउनेहरुले नाराबाजी गर्दै बिहीवार विरोध प्रदर्शन गरेका हुन् ।

एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको परवानीपुर शाखामा मंगलबार दिउँसो लघुवित्त पीडित समूहले शाखा कार्यालय भित्र प्रवेश गरी कार्यालय प्रयोजनका सामाग्रीमा आगो लगाएर नष्ट गरेको थियो ।

समूहले टेबल,कुर्सी,कम्प्युटर,प्रिन्टर लगायतका जिन्सी समाग्रीहरु तोडफोड गरेको,कार्यालयको दराजमा रहेको सदस्यहरुको कर्जासँग सम्बन्धित तमसुक तथा अन्य कागजातहरु,सदस्यहरुका व्यक्तिगत फाईलहरु,दैनिक वित्तीय कारोवारमा भौचरहरु तथा नगदी रसिदहरु र कार्यालयको फ्लेक्स बोर्ड कार्यालयबाट बाहिर लगि बाटोमा आगो लगाई नष्ट तथा आगजनी गरेका थिए ।

लघुवित्तका समूहले कार्यालयका महत्वपूर्ण कागजपत्रहरु जलाए पछी प्रहरी परिचालन भएको थियोे । प्रहरी गएपछि सबै जना भागिसकेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।

अनुसन्धान गर्दैजादा भिडियो,फोटो तथा अन्य प्रमाणहरु संकलन गरेको उनले बताए ।

एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको परवानीपुर शाखाले किटानी जाहेरी दिएपछि लघुवित पीडित समूहका अध्यक्ष शर्मालाई जाहेरीको आधारमा पक्राउ गरिएको प्रवक्ता न्यौपानेले बताए ।

उक्त घटनामा उनको पनि संलग्नता रहेकोले उनलाई पक्राउ गरिएको प्रवक्ता न्यौपानेले दावी गरे ।

उनलाई नियन्त्रणमा लिई अपराधिक उपद्रव मुद्दा दर्ता गरी जिल्ला अदालत बारा कलैयाबाट सात दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता न्यौपानेले जानकारी दिए ।

प्रदर्शनकारीहरुले शर्मालाई रिहा गर,प्रहरीको मनोमानी चल्दैन जस्ता लगायतका नाराबाजी लगाउदै प्रहरी कार्यालय अगाडि विरोध प्रदर्शन गरेका थिए ।

शर्मालाई रिहा नभएपछि थप आन्दोलन तथा विरोध प्रदर्शन गर्ने प्रदर्शनकारीहरुले चेतावनी समेत दिएका छन् ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >