इरानमा २८ जुनमा राष्ट्रपति चुनाव

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
iran2024-05-22-09-07-54

इरानले नयाँ राष्ट्रपति चयनका लागि जुन २८ मा राष्ट्रपति चुनाव गराउने सरकारी मिडियाले जनाएको छ । न्यायपालिका, सरकार र संसद्का प्रमुखको बैठकको निर्णयले राष्ट्रपति रायसीको उत्तराधिकारी चयनका लागि मतदान गर्ने निर्णय गरेको हो । उम्मेदवारी दर्ता मे ३० देखि जुन ३ सम्म हुने र चुनावी अभियान अवधि जुन १२ देखि २७ सम्म हुने राज्य सञ्चालित समाचार एजेन्सी इरनाले मंगलबार जानकारी गराएको छ । रइसीको कार्यकाल सन् २०२५ मा सकिँदै थियो, तर उनको असामयिक निधनपछि अब एक वर्षअघि राष्ट्रपतीय निर्वाचन हुने तय भएको हो । 

रइसीको अन्त्येष्टि सुरु
हेलिकोप्टर दुर्घटनामा बितेका दिवंगत इरानी राष्ट्रपति इब्राहिम रइसीको अन्त्येष्टि समारोह मंगलबारदेखि सुरु भएको छ । राज्य सञ्चालित टिभी नेटवर्क प्रेस टिभीले हेलिकोप्टर दुर्घटनास्थल तब्रिजमा राष्ट्रपति रइसी र उनीसँगै मरेका मृतकको अन्त्येष्टिमा ठूलो भीड देखाएको थियो । मे १९ मा उत्तरपश्चिमी इरानको दुर्गम क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा ६३ वर्षीया राष्ट्रपति रइसी, विदेशमन्त्री हुसेन अमिराबदोल्लाहियान र अन्य सातजनाको मृत्यु भएको थियो । राष्ट्रपति रइसीको अन्त्येष्टि मे २३ मा देशको उत्तरपूर्वी सहर मसहादमा हुने उपराष्ट्रपति मोहसेन मन्सुरीले बताएका छन् । इमाम रेजाको समाधिमा बिहीबार साँझ अन्तिम संस्कार गरिने उनले बताए । मुख्य तीर्थस्थलमध्ये एक इमाम रेजा राष्ट्रपति रइसीको गृहनगर मसहदमा अवस्थित छ ।

मृतकका शव कोम सहरको पवित्र तीर्थस्थलबाट जमकरन मस्जिदमा पठाइनेछ, त्यसपछि राजधानी तेहरान लगिनेछ । तेहरानको ग्रान्ड मोसल्लाह मस्जिदमा बुधबार ठूला समारोह आयोजना गरिएको छ । त्यसपछि राष्ट्रपति रइसीको पार्थिव शरीरलाई मसहदको ऐतिहासिक इमाम रेजा मन्दिरमा लगिनेछ, जहाँ इरानका सर्वोच्च नेता आयतोल्लाह खमेनीले प्रार्थना गर्नेछन् । खमेनीले सोमबार पाँच दिनको शोकको घोषणा गरेका गर्दै सार्वजनिक बिदा दिएका छन् ।

उता सरकारले हेलिकोप्टर दुर्घटनाको अनुसन्धान सुरु गरेको छ । इरानी सशस्त्र बलका चिफ अफ स्टाफ मेजर जनरल मोहम्मद बघेरीलाई उद्धृत गर्दै सरकारी सञ्चारमाध्यमले यस मुद्दाको अनुसन्धानका लागि उच्चस्तरीय प्रतिनिधिमण्डल नियुक्त गरेको जनाएका छन् । ब्रिगेडियर अली अब्दुल्लाहीको नेतृत्वमा प्रतिनिधिमण्डललाई घटनास्थलमा पठाइएको, अनुसन्धान सुरु भइसकेको र मिसन पूरा भएपछि अनुसन्धानको नतिजा घोषणा गरिने बताइएको छ । इरानका सर्वोच्च नेता आयतोल्लाह खामेनीले संविधानअनुरूप देशका प्रथम उपराष्ट्रपति मोहम्मद मोखबरलाई कार्यवाहक राष्ट्रपति नियुक्त गरेका छन् । त्यस्तै मन्त्रिपरिषद्ले उपविदेशमन्त्री अली बघेरी कानीलाई कार्यवाहक विदेशमन्त्रीको रूपमा नियुक्त गरेको छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >