खैरो हिरोइन र अफिमसहित हेटौंडाका दुई युवक वीरगञ्जबाट पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
GridArt_20240522_070227691-960x540

वीरगञ्ज । प्रतिबन्धित लागुऔषधसहित पर्सा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ शंकराचार्य गेटस्थित सडकखण्डबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । प्रहरी चौकी ईनर्वाबाट खटिएको नियमित चेकिङ् टोलीले चेकजाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध बरामद गरेको हो 

बा.प्र.०३–०२–प९४५० नम्बरको स्कुटीलाई रोकी चेकजाँच गर्दा स्कुटीको सिटमुनी लुकाई छिपाई प्लाष्टिकको झोलाभित्र लागुऔषध खैरो हिरोइन १५१ ग्राम र अफिम १५४ ग्राम फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । 

मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय समुन्द्र साह र सोही ठाउँका २४ वर्षीय अमिर वानियालाई पक्राउ गरिएको थापाले बताए । उनीहरुविरुद्ध लागुऔषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुसन्धान भइरहेको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >