प्रहरीद्वारा करोडौंको सामानसहित दुई ट्रक नियन्त्रणमा

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240522_072446_0000-860x721

पर्सा प्रहरीले एक करोड ३९ लाख १३ हजार चार सय ४२ रुपैयाँ बराबरको सामानहरू लोड रहेको दुई ट्रक नियन्त्रणमा लिएकोे छ ।

वीरगञ्ज महानगरपालिका–८ घण्टाघर स्थित सडकखण्डबाट प्रदेश २–०३–००१ ख ६९८६ र ना.७ ख १६५४ नम्बरको ट्रक प्रहरीले जाँच गरेको थियो ।

जाँचको क्रममा उक्त ट्रकमा लोड रहेको कपडा,औषधी तथा खुद्रा सामानहरू बरामद गरी राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको पर्सा प्रहरीले जानकारी दिएको छ ।

यस्तै वीरगञ्ज महानगरपालिका–१६ बाट एक लाख चौवन हजार छ सय बराबरको कालो सखड,काउली बदाम र ईनो लगायतका सामानहरू बरामद गरी वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाएको पर्साका प्रहरी प्रबक्ता प्रहरी नायब उपरीक्षक कुमारबिक्रम थापाले साझेदारी दैनिकलाई जानकारी दिए ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >