सिंगापुर एयरलाइन्सको विमान आकस्मिक अवतरण, एकको मृत्यु, ३० जना घाइते

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
airplane

वीरगंज | सिंगापुर एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । विमान उडानका क्रममा गम्भीर अस्थिरता आएपछि एक जना यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुने ७३ वर्षीय बेलायती नागरिक रहेको बताइएको छ । विमानमा सवार अन्य ३० जना घाइते भएका छन् । ती मध्ये ७ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

लण्डनबाट सिंगापुरका लागि उडेको विमानमा अचानक समस्या आएपछि विमानलाई बैंककमा आकस्मिक अवतरण गराइएको थियो । स्थानीय समय अनुसार दिउसो ३. ४५ बजे आकस्मिक अवतरण गराइएको थियो ।

सिङ्गापुर एयरलाइन्सले विमानले लन्डनको हिथ्रो विमानस्थलबाट उडान भरेको र मार्गमा गम्भीर अशान्तिको सामना गर्नुपरेको बताएको छ । विमानमा कूल २ सय ११ यात्रु र चालक दलका १८ सदस्य सवार रहेका थिए ।

एयरलाइन्सले यात्रु र चालक दलका सदस्यले विमानमा गडबढी आएर भोग्नु परेको समस्या प्रति विज्ञप्ति मार्फत् माफी मागेको छ । विमान अन्डमान सागरमाथि पाँच मिनेटमा १ हजार ८ सय मिटरदेखि तल झरेको उडान ट्र्याकिङ डाटाबाट पत्ता लागेको छ ।

ताजा खबर

लोकप्रिय

पर्सामा एसपी पाठकको९महिना कमाण्डः ४३करोडको अवैध तस्करीको सामाग्री बरामद, सिमानाकामा कडाईले तस्करहरु भागमभाग

जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरिक्षकको रुपमा सुदिप राज पाठकको कमाण्ड रहेको छ । पाठकको आगमनसंगै पर्सामा अवैध ओसारपसारका समान, समान ढुवानी गर्ने साधन र

पुरा पढ्नुहोस >

विश्रामपुर गाउँपालिका–२ बरैनियामा नाला निर्माणमा अनियमितताको आशंका, स्थानीयद्वारा निष्पक्ष छानबिनको माग

बारा, जेष्ठ १७ । बाराको विश्रामपुर गाउँपालिका–२ बरैनियामा निर्माणाधीन नाला योजनामा अनियमितता भएको आशंका गर्दै स्थानीयवासीले निष्पक्ष छानबिनको माग गरेका छन्। मधेस प्रदेश का २५

पुरा पढ्नुहोस >

बिदाको दिन सरकारी मोटरसाइकल दुरुपयोग गरेको आरोप, विश्रामपुर गाउँपालिकाका सब–इन्जिनियरमाथि प्रश्न

बारा -१५ ज्येष्ठ । विश्रामपुर गाउँपालिका प्राविधिक शाखामा कार्यरत सब–इन्जिनियर सर्फदिन मिया तेलीमाथि बिदाको दिन सरकारी मोटरसाइकल व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको आरोप लागेको छ। स्थानीयवासीले

पुरा पढ्नुहोस >