सशस्त्र प्रहरीद्वारा १४ लाखभन्दा बढी मूल्यका कपडा तथा किराना सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
Screenshot_20260509_180939

पर्सा । सशस्त्र प्रहरी बल नेपाल पर्साले भन्सार छली गरी अवैध रूपमा नेपाल भित्र्याइएको १४ लाखभन्दा बढी मूल्यका कपडा तथा किराना सामान बरामद गरेको छ।विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. वीरगंजबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारी तथा सशस्त्र प्रहरी बल बीओपी बरैनियाका सशस्त्र प्रहरी निरीक्षक सन्तोष बजगाईंको नेतृत्वमा खटिएको टोली र वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले बारा जिल्लाको विश्रामपुर गाउँपालिका–५ नकटुवा विर्ताटोलस्थित एक गोठमा छापामारी गरेको थियो।सशस्त्र प्रहरीका अनुसार हाल खेतमा बाली नलागेको अवस्थाको फाइदा उठाउँदै भारतबाट सानो–सानो परिमाणमा कपडा चोरी तस्करी गरी विभिन्न स्थानमा जम्मा गर्ने र केही दिनपछि ठूलो परिमाणमा चितवनतर्फ पठाउने गरिएको विशेष सूचना प्राप्त भएको थियो। सोही सूचनाका आधारमा संयुक्त टोलीले छापामारी गर्दा भन्सार छली गरी भण्डारण गरेर राखिएको ११ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरको १७ पोका कपडा बरामद गरेको जनाएको छ।

त्यसैगरी, पर्साको जिराभवानी गाउँपालिका–१ बलुवा क्षेत्रमा भारतबाट अवैध रूपमा ल्याई लुकाइछिपाई राखिएको किराना सामानबारे प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हे.क्वा. भिखमपुर, प्रहरी चौकी बलुवा तथा वीरगंज भन्सार कार्यालय पर्साको संयुक्त टोलीले खानतलासी गरेको थियो।खानतलासीका क्रममा २ लाख ३५ हजार ५ सय रुपैयाँ बराबरका विभिन्न किराना सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय पर्सामा बुझाइएको छ।घटनाबारे जानकारी दिँदै सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले भन्सार छली तथा अवैध कारोबार नियन्त्रण अभियानलाई सीमा क्षेत्रमा थप कडाइका साथ सञ्चालन गरिएको बताए।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >