पर्साको सिर्सिया क्षेत्र पुनः तस्करी गतिविधिका कारण चर्चामा आएको छ। स्थानीय तथा विभिन्न स्रोतका अनुसार ड्राइपोर्ट सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय छपकैयाले “महिना बुझी लाइन दिने” नीति अपनाएको आरोप लागिरहेको छ। सिर्सिया आम बगैंचा क्षेत्र हुँदै दैनिक रूपमा विभिन्न सामानको तस्करी भइरहेको भन्दै सर्वसाधारणले गम्भीर प्रश्न उठाएका छन्।

सिर्सिया नाकामा तस्करी मौलाउँदै, सुरक्षा निकायमाथि दोहोरो नीति अपनाएको आरोप
पर्साको सिर्सिया क्षेत्र पुनः तस्करी गतिविधिका कारण चर्चामा आएको छ। स्थानीय तथा विभिन्न स्रोतका अनुसार ड्राइपोर्ट सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय छपकैयाले “महिना बुझी लाइन दिने” नीति अपनाएको आरोप लागिरहेको छ। सिर्सिया आम बगैंचा क्षेत्र हुँदै दैनिक रूपमा विभिन्न सामानको तस्करी भइरहेको भन्दै सर्वसाधारणले गम्भीर प्रश्न उठाएका छन्।
केही दिनअघि एक पत्रकार तस्करीको भिडियो संकलन गर्न जाँदा तस्करसँग विवादमा परेका घटना सार्वजनिक भएपछि झन् सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठेको हो। यदि उक्त क्षेत्रमा तस्करी नै हुँदैन भने पत्रकारमाथि किन विवाद सिर्जना भयो भन्ने प्रश्न स्थानीयले गरेका छन्। अझ विवाद हुँदा पनि ड्युटीमा रहेका सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय छपकैयाका प्रहरी किन घटनास्थलमा पुगेनन् भन्ने विषय अहिले चर्चाको केन्द्र बनेको छ।
ड्राइपोर्टका सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेमाथि आफू प्रत्यक्ष नदेखिई घुमुवा दीपक पटेलमार्फत तस्करसँग रकम असुल्ने गरेको आरोप समेत लागिरहेको छ। केही दिनअघि सीमा क्षेत्रबाट तस्करी गरी ल्याइएको ट्रकको गियर बक्स ड्राइपोर्ट क्षेत्र पार गरेर भन्सार नजिक पुग्दा मात्र नियन्त्रणमा लिइएको घटनाले पनि सीमा क्षेत्रमा आर्थिक चलखेल बिना तस्करी सम्भव नरहेको आशंका बढाएको छ।
स्थानीयका अनुसार साईकलमार्फत महँगा चकलेट, दूध बनाउने पाउडर, बिस्कुट, हार्डवेयर सामग्री, टेन्टका कपडा लगायतका सामान सहजै नेपाल भित्रिने गरेका छन्। भारतीय पेय पदार्थ तथा अन्य खाद्य सामग्रीसमेत खुलेआम आउने गरेको आरोप छ। तर सामान्य नागरिकले घरायसी प्रयोजनका लागि सानो सामान ल्याउँदा भने कडाइ गरिने र रकम असुलिने गरेको गुनासो समेत सुनिएको छ।
सिर्सिया आँप बगैंचा क्षेत्रमा हुने गतिविधिमा सशस्त्र प्रहरी मात्र नभई इलाका प्रहरी कार्यालय छपकैयाको ड्युटी टोलीको समेत निगरानी र नियन्त्रणको जिम्मेवारी हुने स्थानीय बताउँछन्। त्यसैले पत्रकारमाथि भएको घटनासहित समग्र तस्करी प्रकरणको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ।