चितवनको स्कुल बसमा आगजनी गर्ने एक जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 75

चितवनको भरतपुर महानगरपालिका–५ कल्याणपुरमा रहेको स्मल हेवन स्कुलको बसमा आगजनी गर्ने एक जना पक्राउ परेका छन् ।

प्रहरीले महेश महाविर भनिने विश्वनाथ चौधरीलाई पक्राउ गरेको हो । गत बैशाख ३० गते बिहान सवा ८ मा स्मल हेवन स्कुलको बागमति प्रदेश ०६-००१ क ००४५ नंको स्कुल बसमा अज्ञात समूहले आगजनी गरेको थियाे ।

चौधरीले भरतपुर महानगरपालिका–२० दद्रहानी पुलमा विद्यार्थी लिन हिँडेको बस रोकेर पेट्रोल बम प्रहार गरी आगो लगाइदिएका थिए । आगलागीबाट बस पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।

चौधरीको नेतृत्वमा रहेका आपराधिक समुहले बसमा आगो लगाएको एकिन भएपछि सो समुहको खोजतलास गर्दै जाने क्रममा चौधरीलाई शुक्रबार दिउँसो ३ बजे शोसीबाट पक्राउ गरेको चितवन प्रहरीले जनाएको छ ।आपराधिक कार्य गर्दै आउने क्रममा चौधरी र उनको नेतृत्वमा रहेको ५/६ जनाको समुहले बसमा आगो लगाएको खुलेको छ । घटनामा संलग्न अन्य व्यक्तिकाे खाेजी भइरहेकाे छ ।

उनलाई चितवन जिल्ला अदालतबाट दिन ७ को म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसअघि पनि चौधरी विभिन्न अपराधिक गतिविधिमा जोडिँदै आएका थिए । गत माघ २८ मा ज्योतिनगर स्थित रहेको सुर्योदय वोमी लघुबित्त संस्था लिमिटेडको कार्यालयमा माक्स लगाई मोटरसाइकलमा आएका दुई जना अपरिचित व्यक्तिले कार्यालयका कर्मचारीहरुलाई धम्की दिई पेट्रोल जस्तो पदार्थ रहेको २ वटा सिसाको बोतल प्रहार गरी कार्यालयमा आगजनी गराएर भागेका थिए ।

उक्त घटनाकोप्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न चौधरी रहेको खुल्न आएको थियो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >