संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बालुवाटारमा बैठक

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1-436281755_951637026441832_4863388097175398447_n-001_n4Tl7aDaib

संसदीय छानबिन समितिको कार्यादेश र क्षेत्राधिकारमा सहमति जुटाउन शीर्ष नेताहरूको बैठक शुरु भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि बैठक शुरु भएको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेसबाट पूर्णबहादुर खड्का, कृष्ण सिटौला, गगन थापा, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की र जीवन परियार सहभागी छन्। यस्तै एमालेबाट कानूनमन्त्रीसमेत रहेका पदम गिरी र  महेश बर्तौला सहभागी छन्।

माओवादीबाट अर्थमन्त्री वर्षमान पुन, हितराज पाण्डे, रास्वपाबाट सभापति रवि लामिछाने, स्वर्णिम वाग्ले, सन्तोष परियार लगायत छन्। बैठकमा कार्यदलमा भएका सहमति र टुंग्याउन बाँकी विषयमा छलफल हुने कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले जानकारी दिए।

यसअघि शनिबार बसेको कार्यदलको बैठकमा ऋण दिने सहकारी संस्था र ऋण लिने कम्पनीको नाम उल्लेख गर्ने सहमति भएको थियो। नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले शीर्ष नेतासँग बसेर कार्यादेश टुङ्ग्याउन भएको समझदारीअनुरूप बैठक बसेको जानकारी दिए।

कांग्रेसले गोरखा मिडिया नेटवर्कमा लगानी गर्ने सहकारीको नाम र नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक तथा गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राखेको थियो । सत्तापक्षले नाम राख्न नहुने अडान लिएपछि संसदीय छानबिन समिति गठन प्रक्रिया अवरुद्ध छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >