वीरगञ्जबाट लागुऔषधसहित तीन जना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
448868446_435731732606691_8610749242969636248_n

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले प्रतिबन्धित लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २१ हनुमानचोकमा चेकजाँच गर्दा प्रहरीले लागुऔषध फेला पारेको हो । बा.प्र.०३–००१ ख १९९८ नम्बरको मालबाहक ट्रकलाई रोकी तलासी गर्दा प्रतिबन्धित लागु औषध फेला परेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक भारतीले जानकारी दिए ।

उनकाअनुसार चालक बस्ने सिट पछाडीको सिटमुनी दुई वटा मलको बोरा भित्र लुकाई राखिएको एक सय मिलिलिटरको २२२ बोत्तल ओनरेक्स फेला परेको हो । लागुऔषधसहित मकवानपुरको हेटौडा उपमहानगरपालिका वडा नम्बर ७ निवासी ३२ वर्षीय अजय रोक्का, सोही ठाउँका ३० वर्षीय दिपेन्द्र अधिकारी र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ निवासी १९ वर्षीय विकास सर्राफलाई पक्राउ गरिएको भारतीले जानकारी दिए ।पक्राउ परेका अभियुक्तहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको भारतीको भनाई छ । 
 

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >