वीरगञ्जमा अबैध रुपमा ल्याउँदै गरेको ३ हजार बोइलर कुखुराका चल्ला नष्ट

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
hen

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १९ स्थित विन्दवासिनी मन्दिर अगाडि अवैध रुपमा भारतबाट पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको मुल्य रु. ३ लाख बराबरको ३ हजार गोटा प्रतिबन्धित बोइलर कुखुराका चल्ला बरामद गरेको छ।

बरामद गरिएका चल्लाहरूलाई पशु क्वारेन्टाइन पर्साका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, ग्रामिण कुखुरा व्यवसायी संघका प्रतिनिधि तथा स्थानीय सञ्चारकर्मीको रोहबरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साको परिसरभित्र खाल्डो खनी पुरेर नष्ट गरिएको छ।सशस्त्र प्रहरीको यो कारबाहीले अवैध तस्करी नियन्त्रणमा मद्दत पुग्ने विश्वास लिइएको छ। स्थानीय प्रशासनले अवैध वस्तुहरू भित्र्याउने विरुद्ध थप कडा कदम चाल्ने तयारी गरिरहेको जनाएको छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >