झण्डै साढे ४ करोड रुपैयाँ बराबरको कोकिनसहित २ विदेशी नागरिक पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
kokin

 प्रहरीले झण्डै साढे ४ करोड रुपैयाँ बराबरको कोकिनसहित २ जना विदेशीलाई पक्राउ गरेको छ ।

१ किलो २ सय ४७ ग्राम लागु औषध कोकिनसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तान्जानियाका नागरिक ४६ बर्षीय रमादानी सिम्बा मुवाबुम्बा र ५२ बर्षीय ललिब किपेभु पासुवा रहेका छन् ।

उनीहरुलाई काठमाडौंको ठमेलस्थित एक होटेलबाट कोकिनका ७२ क्याप्सुल सहित पक्राउ गरिएको लागु औषध नियन्त्रण ब्युरोले जनाएको छ । उनीहरुले प्लाष्टिक कोटेड कोकिनका क्याप्सुलहरु इथियोपियाको एडिस अबाबा पुगी निलेर काठमाडौँ आएको अनुसन्धानको क्रममा खुलेको ब्युरोका प्रमुख दिनेश आचार्यले जानकारी दिनुभयो ।

बरामद गरिएको लागु औषध कोकिनको अवैध बजार मूल्य करिब ४ करोड ३७ लाख रुपैयाँ रहेको पनि ब्युरोले जनाएको छ ।

ताजा खबर

लोकप्रिय

सनसनीपूर्ण खुलासा: नागरिकता, सम्पत्ति र शक्ति एउटै परिवारको कब्जामा?

देशको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने खालको गम्भीर आशंका सार्वजनिक भएको छ। एउटै खानदानका ६ दाजुभाइ, ६ श्रीमती र उनीहरूबाट जन्मिएका ६० भन्दा बढी सन्तानले

पुरा पढ्नुहोस >

छतवा नाका बाट ठूलो परिमाणमा तस्करी भइरहेको आरोप

बारा, — बारा जिल्लाको छतवा नाकाबाट दैनिक रूपमा ठूलो परिमाणमा अवैध तस्करी भइरहेको आरोप स्थानीय स्रोतहरूले लगाएका छन्। स्रोतका अनुसार सशस्त्र प्रहरी बल नेपाल अन्तर्गत

पुरा पढ्नुहोस >

नियमित विद्यालय केन्द्रित एच.पी.भी. खोप अभियान सञ्चालनका लागि स्थानीय तह स्तरीय समन्वय समितिको अभिमुखीकरण सम्पन्न

बारा/पर्सा/मधेश प्रदेश — विश्रामपुर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा विद्यालय केन्द्रित एच.पी.भी. (ह्युमन पापिलोमा भाइरस) खोप अभियान प्रभावकारी रूपमा सञ्चालन गर्न स्थानीय तह स्तरीय खोप समन्वय

पुरा पढ्नुहोस >