पेस्तोलसहित बाराबाट तीनजना पक्राउ

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
dka2024-07-15-09-34-46

जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिएको प्रहरी टोलीले एकजना डाँका आरोपीलाई गोली हानेर नियन्त्रणमा लिएको छ । विगत लामो समयदेखि बारा, सर्लाही, महोत्तरी, सिराहा र सिन्धुलीमा पटक–पटक डकैतीमा संलग्न भएको आरोपमा प्रहरीले गोली प्रहार गरी उनलाई नियन्त्रणमा लिएको छ । 

प्रहरी टोलीले खोजतलास गर्ने क्रममा आइतबार राति महोत्तरीको सोनमा गाउँपालिका- ५ खैरवनीस्थित सर्लाही र मोहत्तरी सिमाना शीतलपुर भन्ने स्थानबाट उनलाई पक्राउ गरेको हो ।

सर्लाहीस्थित लालबन्दी नगरपालिका- २ बस्ने वर्ष ४० का विजेन्द्र पासवानलाई प्रहरीले घुँडामुनि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तुलालप्रसाद जयसवारले जानकारी दिए ।

डिएसपी जयसवारले भने, ‘खोजीका क्रममा प्रहरीसँग जम्काभेट हुँदा उनलाई पक्राउ गर्न खोजिएको थियो, तर पासवन भाग्न खोजेपछि गोली हानेर नियन्त्रण गरिएकाे हाे।’ प्रहरीको गोली लागेर घाइते भएका डाँका आरोपीलाई उपचारका लागि प्रादेशिक अस्पताल जलेश्वरमा राखिएको छ ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >