बारा प्रहरीको वार्षिक प्रगति: ५७ करोड बढीको सामान बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
20240718_231311

बारा,३ साउन । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८०/०८१ को कार्य प्रगति विवरण सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी महेन्द्र खड्का र जिल्ला प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले संयुक्त रुपमा वार्षिक प्रगति विवरण सार्वजनिक गरेका हुन्।

अवैध सामान बरामद, राजश्व संकलन:गत आर्थिक वर्षको साउन १ देखि २०८१ असार मसान्तसम्ममा जिल्ला प्रहरी तथा मातहतका युनिटहरूबाट विभिन्न किसिमका भन्सार छलीका सामानहरू बरामद गरी कुल ५७ करोड ४० लाख ३५ हजार छ सय ५१ रुपैयाँ राजस्व संकलन गरेको एसपी खड्काले बताएका छन्।उक्त भन्सार छलीका समान ओसार-पसार गर्न प्रयोग गरिएको ट्रक लगायतका सवारीसाधनहरू भन्सार कार्यालय वीरगन्ज र आन्तरिक राजश्व कार्यालय पथलैयामा दाखिला गरिएको उनले बताए।हुण्डी कारोबार:उक्त आर्थिक वर्षमा हुण्डी कारोबारका चार वटा मुद्दा दर्ता भएका छन्। यसमा ८ जनालाई पक्राउ गरिएको र ३८ लाख ९ हजार रुपैयाँ बरामद भएको खड्काले बताए।मुद्दा दर्ता मानिस पक्राउ:त्यस्तै, गत आर्थिक वर्षमा एक हजार तीन सय २२ वटा विभिन्न किसिमका मुद्दा दर्ता भएको छ भने एक हजार ३१ जना आरोपी पक्राउ परेका थिए।त्यस्तै, एक हजार ९ सय ३६ उजुरीमा एक हजार ७ सय ५० मिलापत्र भएको र दुई हजार आठ सय ५९ ठाडो उजुरीमा दुई हजार पाँच सय ८४ वटा उजुरीको मिलापत्र भएको जानकारी खड्काले दिए।लागुऔषध बरामद र कारबाही:सोही अवधिमा ९२ वटा लागुऔषधका मुद्दा दर्ता भएका थिए। त्यसमध्ये एक सय ३७ जना पक्राउ परेका थिए।त्यस्तै, प्रहरी गस्ती टोलीले दुई हजार ५४ किलो लागुऔषध गाँजा, ४५ किलो २३ ग्राम चरेस र ५७० ग्राम ब्राउन सुगर बरामद गरेको प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए।फरार प्रतिवादी पक्राउ:त्यस्तै, जिल्ला अदालत बाराबाट विभिन्न मुद्दामा कैद जरिवाना तोकिएर फरार रहेका तीन सय १९ जना प्रतिवादी पक्राउ परेका छन्। फरार प्रतिवादीबाट ७९ वर्ष तीन महिना तीन दिन कैद र एक करोड ५४ लाख ५६ हजार दुई सय ८८ रुपैयाँ जरिवाना असुल भएको छ।अबैध हातहतियार बरामद:एक वर्षको अवधिमा बारा प्रहरीले अबैध हातहतियारतर्फ एक थान भरुवा बन्दुक, एक थान स्वचालित रिभल्वर, पाँच थान कटुवा पेस्तोल २० राउण्ड गोली प्रहरीले बरामद गरेको छ।मोबाइल बरामद:विभिन्न स्थानबाट नागरिकका हराएका तथा चोरिएका ९६ थान मोबाईल बरामद गरी सम्बन्धित धनीलाई बुझाइएको छ।ट्राफिक कारबाहीमा दुई करोड ९७ लाख असुल:वर्षभरिमा सवारी नियम विपरीत चलेका ३४ हजार २ सय ८५ सवारीलाई ट्राफिक कारबाही गरिएको छ। कारबाहीबाट दुई करोड ९७ लाख ३१ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको न्यौपानेले बताए।अबैध मदिरा र भट्टी नष्ट:जिल्लाभरिमा अबैध रुपमा सञ्चालित एक सय ५२ रक्सी भट्टी नष्ट गरिएको छ। यस्तै, तयारी मदिरा ४९ हजार १४५ लिटर, कच्चापदार्थ ३ लाख २३ हजार ९५ लिटर नष्ट गरिएको छ।रक्सी उत्पादनमा संलग्न १० जना मानिस पक्राउ परेका छन्। रक्सी उत्पादन गर्ने मेसिन ७४ थान, भाडावर्तन ४३४ र सात वटा सवारी साधन बरामद भएको छ।मिटरब्याजमा कारबाही:बारामा गत आवमा अनुचित लेनदेन मिटरब्याजमा एक हजार ४३ मेलमिलापबाट २१ करोड ५६ लाख २७ हजार ६ सय ६ रुपैयाँ नगद र ३० बिगाहा १७ कठा १७ धुर जग्गा फिर्ता गराइएको प्रवक्ता तथा डिएसपी न्यौपानेले जानकारी दिए।सोही अवधिमा प्रहरीले तीन हजार ८८ वटा सामुदायिक कार्यक्रम सञ्चालन गरेकोमा एक लाख २२ हजार १५७ जना मानिस लभान्वित भएको प्रहरीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।

ताजा खबर

लोकप्रिय

५ केजी गाँजासहित मोटरसाइकल बरामद, तस्कर फरार

बारा, भदौ २३ गते ।बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुरस्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले करिब ५ केजी लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी

पुरा पढ्नुहोस >

साउन महिनाको उत्कृष्ट प्रहरी घोषित, प्रहरी नायव निरीक्षक मनोज साह सोनार सम्मानित

बारा, १८ भदौ । जिल्ला प्रहरी कार्यालय बाराले २०८३ साल साउन महिनाका लागि प्रहरी नायव निरीक्षक मनोज साह सोनारलाई ‘महिनाको उत्कृष्ट प्रहरी’ (Best Police of

पुरा पढ्नुहोस >

तीन वर्षीया गरिमा चौधरी हत्या प्रकरणमा दुई आरोपित पक्राउ

बारा । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।जिल्ला

पुरा पढ्नुहोस >