पर्साको धोबिनीमा ३५ वर्षीय पुरुष मृत फेला

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
sab

१५ साउन,वीरगञ्ज । पर्साको धोबिनी गाउपालिकामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् । गाउपालिकाको वडा नम्वर ५ नहरमा एकजना ३५ वर्षीय मृत भेटिएका हुन् ।

तुलसीवर्वा चोकस्थित सडक छेउको नहरमा शव फेला परेको इलाका प्रहरी कार्यालय पोखरियाले जनाएको छ । सोही वडाका कपिल देव राम आज बिहान ६ बजे मृत भेटिएका पर्सा प्रहरीका प्रवक्ता डिएसपी दिपक भारतीले पुष्टि गरे ।उनका अनुसार स्थानीयले नहरमा शव देखेपछि प्रहरालाई खबर गरेका थिए । फेला परेको उक्त शव प्रहरी मुचुल्कापछि पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरी  भनाइ छ ।

मृतक रामले मादक पदार्थ सेवन गरी नहरमा उनको ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनायो ।

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >