पर्सामा दुई हजार दुई ९१ क्युफिट काठ बरामद

Facebook
Twitter
LinkedIn
WhatsApp-Image-2023-07-05-at-7.05.48-AM-1024x205
1721304080-Fvt1e_SOk0iyrsFJ

वीरगञ्ज । डिभिजन वन कार्यालय पर्साले अवैध रुपमा काठको चोरी तथा तस्करी गर्नेबाट दुई हजार दुई सय ९१ क्युफिट काठ बरामद गरेको छ । कार्यालयले आर्थिक वर्षदेखि २०७९/८० देखि २०८०/८१ सम्ममा सो परिमाणको काठ बरामद गरेको डिभिजन वन कार्यालय पर्साका प्रमुख सुनिलकुमार कर्णले जानकारी दिनुभयो ।

“सो अवधिमा वनपैदावर तथा वन्यजन्तु चोरी सिकारी गर्ने कार्यमा संलग्न भएका दुई सय २६ जनालाई पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएका छौं”, उहाँले भन्नुभयो । कार्यालयले अवैध ढङ्गले दाउरा चोरी तस्करी गर्नेबाट पाँच सय क्यूफिट बराबरको दाउरा समेत बरामद गरेको जनाएको छ ।

कार्यालयले काठ दाउरा तस्करी गर्नेबाट १५ थान मोटरसाइकल, एक सय ४३ थान साइकल, छ थान ट्याक्टर, छ थान टायरगाडा, ४२ थान बञ्चरो, २० थान काठ काट्ने आरा पनि बरामद गरेको जनाएको छ ।कार्यालयले आव २०७९/८० मा एक सय २६ वटा वनसम्बन्धी मुद्दा दायर गरेको थियो । जसमा एक सय २० थान वनपैदावरसँग र छ वटा मुद्दा भने वन्युजन्तु चोरी सिकारीसँग सम्बन्धित थिए । आव २०८०/८१ मा भने कार्यालयले ४२ वटा वन पैदावरसँग सम्बन्धित मुद्दा दायर गरेको थियो ।कार्यालय प्रमुख कर्णले चालु आवमा वनपैदावरसँग सम्बन्धित मुद्दालाई प्रथामिकतामा राखेर फस्र्यौट गरिने बताउनुभयो । “कार्यालय केही समय निमित्तका भरमा चलेकाले वनपैदावरसँग सम्बन्धित मुद्दा टुङ्गो लगाउन सकिएन्”, उहाँले भन्नुभयो, “वनपैदावरसँग सम्बन्धित मुद्दाको आवश्यक कागजात सङ्कलनको प्रक्रिया अघि बढेको छ । त्यसैले अब वन पैदावरसँग सम्बन्धित मुद्दा मुद्दा फस्र्यौट प्रक्रिया अघि बढाइनेछ ।”

ताजा खबर

लोकप्रिय

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुरका इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली तीव्र

पुरा पढ्नुहोस >

जितपुरमा प्रहरीद्वारा अवैध असुलीको आरोप, व्यापारी त्रसित

बारा, जितपुर — नेपाल प्रहरी अन्तर्गत पर्ने ईलाका प्रहरी कार्यालय जितपुर का इन्चार्ज प्रहरी बरिष्ठ नायब निरीक्षक प्रमोद साहमाथि स्थानीय व्यापारीलाई आतंकित बनाउँदै अवैध असुली

पुरा पढ्नुहोस >

नागवामा घुमुवा प्रहरीमाथि गम्भीर आरोप, स्थानीय त्रसित

वीरगञ्ज — पर्साको ईलाका प्रहरी कार्यालय नागवा अन्तर्गत परिचालित घुमुवा प्रहरीले स्थानीय क्षेत्रमा आतंक मच्चाएको भन्दै गम्भीर गुनासो उठ्न थालेको छ। शान्ति सुरक्षाको अवस्था मजबुत

पुरा पढ्नुहोस >